सोमबार यस्तो छ तरकारीको मुल्य

असोज ४,काठमाडौं । सोमबार काठमाण्डौमा आलु रातो(भारतीय) को मुल्यमा प्रतिकेजि २ रुपैयाँले बृद्धि भएको छ । आइतबार प्रतिकेजी २७ रुपैयामा कारोवार भएको आलु रातो (भारतीय)को मुल्य सोमबार प्रतिकेजी २९ रूपैयाँमा कारोवार भइरहेको छ ।सोमबार काउली (स्थानिय)को मुल्यमा १२ रुपैयाँले गिरावट भएको छ । आइतबार प्रतिकेजी ७० रुपैयामा कारोवार भएको काउली (स्थानिय)को मुल्य सोमबार प्रतिकेजी ५८ रुपैंयामा कारोवार भइरहेको छ ।

सोमबार प्याज सुकेको (भारतिय)को मुल्यमा सामान्य गिरावट भएको छ । आइतबार प्रतिकेजी ४५ रुपैया २० पैसामा कारोवार भएको प्याज सुकेको (भारतिय) सोमबार प्रतिकेजी ४५ रुपैयामा कारोवार भइरहेको छ।

आइतबारको तुलनामा सोमबार गोलभेडा सानो(टनेल)को मुल्यमा २ रुपैयाँ ४० पैसाले वृद्धि भएको छ। आइतबार प्रतिकेजी १८ रुपैया ६० पैसामा कारोवार भएको गोलभेडा सानो(टनेल) सोमबार प्रतिकेजी २१ रूपैयाँमा कारोवार भइरहेको छ । सोमबार सानो गोलभेडा(लोकल्) को मुल्य स्थिर रहेको छ । आइतबार प्रतिकेजी १३ रुपैयामा कारोवार भएको सानो गोलभेडा(लोकल्) को मुल्य सोमबार प्रतिकेजी १३ रुपैयामा कारोवार भइरहेको छ।

Spread the love