डा.पोखरेल ‘कलम के सिपाही ‘ पुरस्कारको लागी छनोट

असोज ५,काठमाडौ । न्यूजपेपर्स एसोसिएशन अफ इंडियाले डा शम्भु पोखरेललाइ ‘कलम के सिपाही ‘ पुरस्कारको लागी छनोट गरेको छ ।

आईएमएस गाजियाबाद (विश्वविद्यालय पाठ्यक्रम क्याम्पस), भारत को सहयोगमा हुन गएको ८ औ पुरस्कार समारोह शुक्रवार दिउसो २ बजे हुने बताइएको छ । डा पोखरेलको पत्रकारीता क्षेत्रमा गरेको योगदान को सम्मान गर्दै न्यूजपेपर्स एसोसिएशन अफ इंडियाले सो पुरस्कारमा छनोट गरेको हो । कार्यक्रममा  पत्रकार शिक्षाविद र सामाजिक कार्यकार्ताहरुलाइ सम्मानित गरिने जनाइएको छ ।

डा पोखरेल वर्ल्ड ट्रेड ग्रुप नेपाल को अध्यक्ष हुन । वर्ल्ड ट्रेड ग्रुप अन्तर्गत नेपालमा बिजनेश टेलिभिजन, सिईओ क्लब, ब्ल्याकहोल आईटि सोलुसन, काठमाण्डौ स्कुल अफ बैंकिङ एण्ड इन्युरेन्स लगाएतका दर्जन बढि संस्थाहरु सञ्चालनमा रहेका छन् ।

Spread the love