बुधवार यस्तो छ तरकारीको मुल्य

असोज ६,काठमाडौ । बुधबार काठमाण्डौमा आलु रातो(भारतीय) को मुल्यमा कुनै परिवर्तन भएको छैन । मंगलबार प्रतिकेजी ३१ रुपैयामा कारोवार भएको आलु रातो (भारतीय)को मुल्य बुधबार प्रतिकेजी ३१ रूपैयाँमा कारोवार भइरहेको छ । बुधबार काउली (स्थानिय)को मुल्यमा ८ रुपैयाँले बृद्धि भएको छ । मंगलबार प्रतिकेजी ७० रुपैयामा कारोवार भएको काउली (स्थानिय)को मुल्य बुधबार प्रतिकेजी ७८ रुपैंयामा कारोवार भइरहेको छ ।

बुधबार प्याज सुकेको (भारतिय)को मुल्यमा २ रुपैयाँले बृद्धि भएको छ । मंगलबार प्रतिकेजी ४७ रुपैया २० पैसामा कारोवार भएको प्याज सुकेको (भारतिय) बुधबार प्रतिकेजी ४९ रुपैया २० पैसामा कारोवार भइरहेको छ।

मंगलबारको तुलनामा बुधबार गोलभेडा सानो(टनेल)को मुल्यमा ४ रुपैया ४० पैसाले वृद्धि भएको छ। मंगलबार प्रतिकेजी २१ रुपैया ६० पैसामा कारोवार भएको गोलभेडा सानो(टनेल) बुधबार प्रतिकेजी २६ रूपैयाँमा कारोवार भइरहेको छ । बुधबार सानो गोलभेडा(लोकल्) को मुल्यमा ६० पैसाले बृद्धि भएको छ । मंगलबार प्रतिकेजी १५ रुपैया २० पैसामा कारोवार भएको सानो गोलभेडा(लोकल्) को मुल्य बुधबार प्रतिकेजी १५ रुपैया ८० पैसामा कारोवार भइरहेको छ।

Spread the love