बुधवार सुनको मुल्य ९ सयले वृद्धि

असोज ६,काठमाडौ । बुधवार सुनको मुल्य ९ सयले वृद्धि भएको छ ।मंगलवार प्रतितोला ८९  हजार २ सयमा कारोवार भएको सुनको मुल्य बुधवार प्रतितोला ९०  हजार १ सयमा कारोवार भइरहेको छ । बुधवार  तेजावी सुनको मुल्य प्रतितोला ८९ हजार ६५० रुपैयाँमा कारोवार भइरहेको छ ।

बुधवार चाँदीको मुल्यमा २५ रुपैयाले वृद्धि भएको छ । मंगलवार प्रतितोला १ हजार १ सय ४० रुपैयामा कारोवार भएको चाँदीको मुल्य  बुधवार प्रतितोला १ हजार १ सय ६५ रुपैयामा कारोवार  भइरहेको नेपाल सुन चाँदी माहासंघले जनाएको छ ।

Spread the love