पर्यटकलाई सर्तसहित अनअराइभल भिसा खुला

असोज ७,काठमाडौ ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विदेशबाट नेपाल आगमन हुने र नेपालबाट प्रस्थान गर्ने यात्रुको यात्रा व्यवस्थापनसम्बन्धी आदेश २०७८ सार्वजनिक गरेको छ । सर्तसहित पर्यटकका लागि सरकारले अनअराइभल भिसा खुले सगै आउ“दै गरेको पर्यटन सिजनमा नेपाल आउन चाहने विदेशी पर्यटकलाई सहज हुने व्यवसयाीहरुको विश्वास छ ।

नेपालको कानून अनुसार अनअराइभल भिसा पाउने मुलुकका नागरिकले खोपको मात्रा पूरा गरेको अवस्थामा अनअराइभल भिसा (आगमन विन्दुमै भिसा) दिइने छ । पर्यटकले भिसाका लागि आवश्यक कागजातसहित कोभिड–१९ विरुद्धको खोपको मात्रा पूरा गरेको १४ दिन कटेको प्रमाण पेस गर्नुपर्ने छ । यात्रुको साथमा हवाई उडानको चेकइन हुनुभन्दा ७२ घण्टा भित्रको पीसीआर परीक्षणको रिपोर्ट समेत अनिवार्य हुनुपर्ने छ ।

पर्वतारोहण र पदयात्रा तथा अनुमति लिनुपर्ने अन्य विषयको हकमा सोसम्बन्धी अनुमति समेत देखाउनु पर्नेछ । पर्यटकले नेपालमा होटेल बुक गरेको प्रमाण समेत साथमा बोक्नु पर्नेछ ।

खोपको मात्रा पूरा नगरेका विदेशी नागरिकले भने सम्बन्धित मुलुकमा रहेको नेपाली नियोगबाटै भिसा लिनु पर्नेछ । साथमा उनीहरुलाई एजेन्सीमार्फत मात्र भ्रमणको अनुमति दिइने छ । पूर्ण खोप प्राप्त नगरी नेपाल आएका पर्यटकले भने १० दिन अनिवार्य होटेल क्वारेन्टिन समेत बस्नु पर्नेछ । ११ औं दिनमा कोभिड परीक्षण गरी उनीहरु गन्तव्यमा जान सक्नेछन् ।

 

Spread the love