तीन महिनापछि नेपाल वायुसेवा निगमले काठमाडौै–जापान उडान सुरु गर्ने

असोज ८,काठमाडौ । नेपाल वायुसेवा निगमले तीन महिनापछि काठमाडौै–जापान उडान सुरु गर्ने भएको छ।

जापान नागरिक उड्डयन प्राधिकरणले सीमित उडान संख्या र यात्रु संख्या आवगमनको प्रावधान लागु गरेको छ। साताको एकदिन विहीबार काठमाडौं–नारिता तर्फको उडानमा एक सय दुई जना भन्दा बढी यात्रु लैजान नपाइने प्रावधान रहेको निगमले जनाएको छ । कोभिड दोस्रो लहरका कारण बन्द भएको काठमाडौं–नारिता दुईतर्फी उडान तीन महिनापछि खुला गर्न लागेको हो।
जापान नागरिक उड्डयन प्राधिकरणले सीमित उडान संख्या र यात्रु संख्या आवगमनको प्रावधान लागु गरेका कारण टिकटको चाप भने बढी भएको निगमले जनाएको छ । जापानले साताको एउटा उडानको मात्र स्लट दिएको छ।

 

Spread the love