बेलायतको उत्कृष्ट ‘न्यूस्टेड वुड स्कूल’को अभिभावक संघको अध्यक्षमा राजन कँडेल नियुक्त

असोज ८,काठमाडौ ।द ब्रिटिस कलेज’का कार्यकारी अध्यक्ष राजन कँडेल बेलायतको ‘न्यूस्टेड वुड स्कूल’को अभिभावक संघको अध्यक्षमा नियुक्त भएका छन् ।

९५४ देखि बेलायतको साउथ इस्ट लण्डनमा सन्चालन हुँदै आएको  ‘न्यूस्टेड वुड स्कूल’ बेलायतको उत्कृष्टमध्येको एक शैक्षिक संस्था हो । लामो समयदेखि शैक्षिक क्षेत्रमा लगानी गर्दै आएका कँडेललाई प्रतिष्ठित स्कुलले अभिभावक संघको अध्यक्षमा नियुक्त गरेको हो ।

कँडेलले ब्रिटिश एजुकेशन ग्रुपको बुटवलस्थित नमस्ते एकेडेमी तथा चितवनस्थित मदरल्याण्ड स्कुलको दुई शैक्षिक संस्थाहरुको स्वामित्व ग्रहण गरेका छन् ।

Spread the love