डा. पोखरेललाई ‘कलम के सिपाही‘अवार्ड

असोज ८, नया दिल्ली । वर्ल्ड ट्रेड ग्रुप नेपालका अध्यक्ष डा शम्भु पोखरेललाइ न्यूजपेपर्स एसोसिएशन अफ इंडियाले ‘कलम के सिपाही ‘ पुरस्कार प्रदान गरेको छ ।

डा पोखरेलले पत्रकारीता क्षेत्रमा गरेको योगदान को सम्मान गर्दै आई एम एस गाजियावाद र न्यूजपेपर्स एसोसिएशन अफ इंडियाले सो पुरस्कार प्रदान गरेको जनाएको छ । भारतिय जनता पार्टीका पुर्ब राष्ट्रिय सचिब तथा उत्तराखन्डका पुर्ब मुख्य मन्त्री तिर्थ सिहं रावतले अवार्ड हस्तान्तरण गरेका हुन् ।

न्यूजपेपर्स एसोसिएशन अफ इंडियाले आईएमएस गाजियाबाद (विश्वविद्यालय कोर्स क्याम्पस) भारत को सहयोगमा शुक्रवार भारतका ४० भन्दा बढि राष्ट्रिय मिडियाकर्मीहरुलाई सम्मान गरेको हो। बिजनेश टेलिभिजनका अध्यक्ष डा. शम्भु पाखेरेल सो समारोहमा अन्तराष्ट्रिय सम्मान पाउने एकमात्र सञ्चारकर्मी हुन् । कार्यक्रममा भारतका अधिकांस मिडियाकर्मीहरु, शैक्षिक क्षेत्रमा लब्ध प्रतिष्ठित व्यक्तिहरु र समाजसेवीहरुको पनि उपस्थिती रहेको थियो ।
डा. शम्भु पोखरेललाई न्युजपेपर एशोसिएसन एफ ईण्डिया (नाई) ले दोश्रो पटक कलमके शिपाही अवार्ड प्रदान गरेको हो । र सो अवार्ड डा. पोखरेलको ८ औं अन्तराष्ट्रिय अवार्ड हो ।

डा. पोखरेल नेपालको पत्रकारिता क्षेत्रमा पछिल्लो २ दशकदेखि सक्रिय छन् भने उनको नेतृत्वमा नेपालको पहिलो बिजनेश टेलिभिजन सञ्चालनमा रहेको छ । वर्ल्ड ट्रेड ग्रुप अन्तर्गत डा. पोखरेलका नेतृत्वमा दर्जनबढि कम्पनीहरु पनि सञ्चालनमा रहेका छन् ।

Spread the love