म्युचुअल फण्ड बाहेक सबै क्षेत्रको परिसुचक घटे , ६ अर्ब भन्दा माथिको कारोवार

असोज १० ,काठमाडौं । शेयर बजार परिसुचक नेप्से ६१ दशमलव २७ अंकले घटेर २ हजार ७५८ दशमलव ४८ विन्दुमा झरेको छ। त्यसैगरी ‘क’ वर्गका कम्पनिको कारोवार मापन गर्ने सेन्सेटिभ इन्डेक्स १० दशमलव ७० अंकले घटेर  ५१९ दशमलव ३६ विन्दुमा झरेको छ।

म्युचुअल फण्ड बाहेक सबै क्षेत्रको परिसुचक घटेको छ । म्युचुअल फण्ड  क्षेत्रको परिसूचक शून्य दशमलव २१ प्रतिशत बढेको छ ।  बैंकिङ्ग क्षेत्रको परिसुचक शुन्य दशमलव ९३ प्रतिशत, विकास बैंक क्षेत्रको परिसुचक२ दशमलव ५ प्रतिशत, वित्त क्षेत्रको परिसुचक ५ दशमलव ८९ प्रतिशत, होटल्स तथा पर्यटन क्षेत्रको परिसुचक २ दशमलव ६९ प्रतिशत र व्यापार क्षेत्रको परिसुचक ३ दशमलव १५ प्रतिशतले घटेको छ ।

साताको पहिलो दिन २३३ ओटा कम्पनीको १ करोड ४४ लाख ९४ हजार २६० कित्ता शेयरको रू. ६ अर्ब ५० करोड १ लाख १७ हजार ७८० बराबरको खरीदविक्री भएको छ।

Spread the love