नाडामा हुन्डाईको सानः भेन्यूदेखि सान्ट्रोसम्मको चमक

हुन्डाई नेपालमा सर्वाधिक बिक्री हुने गाडीको अग्रणी सूचीमा छ । यो ब्रान्डमा धेरैको विश्वास पनि छ । हुन्डाईले यो वर्ष पनि नाडा अटो-शोमा विगतमा जस्तै नयाँ उत्पादन ल्याएर ग्राहकलाई आफूतिर तानेको छ ।

नेपालमा गजबको बिरासत बनाएको हुन्डाईले नाडाकै लागि एउटा बिल्कुलै नयाँ गाडी ल्यायो । हाल आयोनिक र कोना गरी दुई विद्युतीय गाडी पनि बेचिरहेको कम्पनीको क्रेटा गाडी नेपालकै सबैभन्दा सफल एसयूभीमा गनिन्छ । टक्सन, भर्ना, आई-टेन, आई ट्वान्टी लगायतका गाडीले हुन्डाईको उचाइ माथि पुर्‍याएका छन् ।

यी गाडीसाग नाडामा दुई वटा नयाँ गाडी आकर्षण्को केन्द्रमा छन् । ती हुन्, भेन्यू र नयाँ सान्ट्रो ।

हुन्डाईले नाडा अघि नै लोकपि्रय एसयूभी ‘भेन्यू’ नेपाली बजारमा सार्वजनिक गरेको हो । यो गाडी पनि नाडाकै लागि नेपाल ल्याइएको हो ।

भेन्यूले नेपाली बजारमा गजबको प्रतिक्रिया र ग्राहक बटुल्न थालेको कम्पनी बताउँछ । हुन्डाईको नेपालको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले यो गाडी नेपाली माटो र बाटो सुहाँउदो रहेको बताएको छ ।

विशेषगरी ३५ देखि ४५ वर्ष उमेरका व्यक्ति, इन्ट्री लेभलमा गाडी अपग्रेड गर्न चाहने र मध्यमवर्गका विभिन्न पेशागत उपभोक्ता तथा युवाहरुलाई लक्षित गरी यो गाडी नेपाल ल्याइएको हो । उत्कृष्ट एक्स्टेरियर, इन्टेरियर र फिचर्समा ल्याएकाले पनि यसले बजारमा राम्रो चर्चा पाउने विश्वास कम्पनीका प्रवन्ध निर्देशक अन्जन श्रेष्ठको छ ।

भेन्यू गाडी प्रिमियम अवतारमा आएको छ । यसमा विभिन्न आधुनिक सुविधाहरु छन्, जसले कारलाई पि्रमियमस्तरको बनाएको छ ।

भेन्यूमा थुप्रै ‘बेस्ट इन सेगमेन्ट’ र ‘फस्र्ट इन सेगमेन्ट’ फिचर्सहरु छन् । जुन ग्राहकका लागि निकै उपयोगी हुन्छन् । यसमा शक्तिशाली इन्जिनहरु प्रयोग भएका छन् । यो गाडीमा १.२ लिटर पेट्रोल इन्जिन, १.४ डिजेल इन्जिन र १.० टर्बो पेट्रोल इन्जिनका विकल्पहरु छन् ।

त्यसैगरी हुन्डाईले गत वर्षको नाडा चर्चा बुटुलेको अर्को गाडी सान्ट्रो हो । नयाँ स्यान्ट्रो पहिलेको भन्दा पनि धेरै पि्रमियम अवतारमा आएको छ । पहिले इन्ट्री लेभलको मानिएको कार अहिले निकै परिष्कृत भएर आएको छ । यसमा विभिन्न आधुनिक सुविधाहरु छन्, जसले कारलाई प्रिमियमस्तरको बनाएको छ ।

पहिलो उत्पादनको २० वर्षपछि फेरि सान्ट्रो आएको हो । कम्पनीले स्यान्ट्रो कारलाई सन् १९९८ मा पहिलोपटक बजारमा ल्याएको थियो ।

नयाँ सान्ट्रो पहिलोको भन्दा स्पेसियस हुनुका साथै डिजाइनका हिसावले पनि निकै आकर्षक रहेको कम्पनी बताउँछ । हुन पनि यसको बाहिरी डिजाइनले सबैलाई प्रभावित गरेको छ । त्योभन्दा बढी यो गाडीमा हाल सबै भेरियन्टमा एयरब्याग र एबीएस छ । जसले गाडीलाई सुरक्षित बनाएको छ ।

पहिलेको भन्दा यसमा धेरै परिवर्तनहरु गरिएका छन् । अहिले पाछाडि बसेर यत्रा गर्नेका लागि पनि ‘रियर एसी भेन्ट्स’ छ ।

यसको लेग रुमा पनि कम्फर्टेबल बनाइएको छ भने सस्पेन्सन सिस्टम पनि आधुनिक भएकाले लामो यात्राका दौरान पनि थकान महसुश हुँदैन ।

गाडीभित्र विभिन्न टुल्सहरु वैज्ञानिक तवरले ‘प्लेसिङ’ गरिएको छ । यसलेे गर्दा गाडी सुसज्जित र भव्य लाग्छ ।

गाडीमा रेयर पार्किङ सेन्सर पनि राखिएको छ । यस्ता महत्वपूर्ण फिचर्सका कारण यो गाडी धेरै ग्राहकको नजरमा परेको छ ।

पावर विन्डोसहितको यो गाडीको बडी आइस्ट्यान्स स्टिलबाट बनेको छ । यसले गाडीलाई मजबुत मात्रै बनाएको छैन, सुन्दर बनाउन मद्दत गरेको छ ।

यो गाडीमा १६५  एमएमको ग्राउन्ड क्लीयरेन्स छ । जुन विशेषताका कारण ग्राभल रोडमा  पनि सान्ट्रो सजिलै चलाउन सकिन्छ ।

यस्तै विशेषताका कारण पुरानो सान्ट्रो चढिरहेकादेखि उच्चवर्गीय परिवारसम्मले यो गाडीलाई रोजेका छन् । ‘कोना’ र क्रेटाले पनि नाडामा आफ्नो सान प्रदर्शन गर्दैछन् ।

Spread the love