संयुक्त अरब इमिरेट्स (यूएई)ले नेपाली नागरिकका लागि कामदार (वर्किङ) भिसा र भिजिट भिसा बन्द गरेको छ। यूएईले सोमबारबाट नेपालीका लागि भिजिट भिसा पनि बन्द गरेको थियो।
नेपालमा जेन–जी आन्दोलनका क्रममा तोडफोड, आगजनी सुरु भएको र जेलबाट ठूलो संख्यामा कैदी भागेपछि यूएईले कामदार एवं भिजिट भिसा बन्द गरेको जनाइएको छ।
युएई रोजगारीका लागि नेपालीको प»मुख गन्तव्यमध्ये एक हो । यसले वैदेशिक रोजगारमा निर्भर ठुलो संख्याका नेपाली युवालाई असर पारेको छ । साथै वैदेशिक रोजगारमा युवालाई पठाउने म्यानपावर कम्पनीहरुलाई समेत प»त्यक्ष असर परेको छ ।
पछिल्लो समय नेपालीहरु सबैभन्दा बढी भिजिट भिसामा यूएई जाने गरेका छन्।