काठमाडौं । भारतको अग्रणी सवारी साधन निर्माता कम्पनी टाटा मोटर्स प्यासेन्जर भेहिकल्स लिमिटेडले आगामी अप्रिल १, २०२६ देखि आफ्ना प्यासेन्जर सवारी साधनहरूको मूल्य वृद्धि गर्ने घोषणा गरेको छ ।
काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (नाडा) को केन्द्रीय कार्यसमितिको पहिलो बैठकमा नाडाका निवर्तमान अध्यक्ष करण चौधरीले नवनिर्वाचित अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीलाई आफ्नो पदभार विधिवत रूपमा हस्तान्तरण गरेका छन् ।
काठमाडौं । भारतमा उत्पादन हुने विद्युतीय दुईपांग्रे सवारी (स्कूटर) को ब्रान्ड एम्पीयर अब नेपाली बजारमा प्रवेश गरेको छ । एसटीसी अटो सोलुसन प्रा. लि. ले एसटीसी ग्रुप अन्तर्गत भारतको विद्युतीय
जनकपुर । जनकपुरधाममा अटोमोवाइल्स विक्री वितरण गर्ने व्यवसायीहरुले सवारी साधन खरीद विक्रीमा प्रदेश सरकारले अव्यवहारिक जरिवाना लिँदै आएको गुनासो गरेका छन् । बिहीबार मधेश प्रदेशका मुख्यमन्त्री कृष्ण यादवलाई ध्यानाकर्षण पत्र
काठमाडौं । पछिल्लो समय विद्युतीय गाडी (ईभी) आयात घट्दै गएको छ । यसवर्ष चीनसँगको मुख्य दुई व्यापारीक नाकामा भएको अवरोधका कारणले नेपालमा ईभी आयात घटेको सरोकारवालाहरुले बताएका छन् । भन्सार
काठमाडौं, नेपाल – १९ जनवरी २०२६, स्कोडा इन्डियाको इन्ट्री–लेभल एसयूभी स्कोडा कायलाकको वास्तविक माइलेज परीक्षण गरिएको छ। यस परीक्षणले ग्राहकहरूलाई ARAI-प्रमाणित तथ्यांकमा उल्लेख गरिएको भन्दा सडकमा चलाउँदा इन्धन दक्षतामा कस्तो फरक देखिन्छ भन्ने
काठमाडौं, नेपाल – १४ पुष २०८२– यामाहा नेपालले नेपालको सबैभन्दा ठूलो पप–कल्चर फेस्टिभल “ओटाकु जात्रा इन्टु जात्रा भर्स २०२५” (Otaku Jatra into Jatra Verse 2025) मा सह–प्रायोजकको रूपमा सहभागिता जनाउँदै युवाहरूसँगको आफ्नो सम्बन्धलाई नयाँ उचाइमा पुर्याएको छ। ८,००० भन्दा बढी युवा, पप–कल्चर फ्यान, गेमर, र कस्प्ले (Cosplay) कलाकारहरूको उत्साहजनक उपस्थिति रहेको यस कार्यक्रममा यामाहाको सहभागिता केवल मोटरसाइकल प्रदर्शनमा मात्र सीमित रहेन। यामाहाले आफ्नो MT-15 सिरिजलाई ओटाकु जात्रामा ल्याउँदै स्ट्रीट–कल्चर मोटरसाइकलिङ र पप–कल्चर समुदायको दूरी घटाउने काम गर्यो, जहाँ सृजनशीलता, आत्म–अभिव्यक्ति र राइडिङ लाइफस्टाइल एकै ठाउँमा प्रस्तुत गर्ने मौका दियो। ओटाकु जात्रा जस्तो युवा–केन्द्रित र सिर्जनात्मक कार्यक्रममा सहभागिता जनाएर यामाहाले आधुनिक युवा संस्कृति, उनीहरूको वैयक्तिक स्वतन्त्रता र जीवनशैलीलाई बुझ्ने ब्रान्डको रूपमा आफ्नो परिचयलाई अझ बलियो बनाएको छ। कस्प्ले, स्ट्रिट आर्ट, गेमिङ र संगीतले भरिपूर्ण उक्त फेस्टिभलको माहोल यामाहाको ‘युवा र स्ट्रिट–कल्चर‘ मा केन्द्रित पहिचानसँग पूर्ण रूपमा मेल खाएको थियो। यसै अवसरमा यामाहाले नेपालको प्रतिष्ठित ‘नेपाल रोड रेसिङ च्याम्पियनसिप (NRRC) २०२५’ का पोडियम विजेता दीपेश जैसवाल, नेसनल क्याटागोरी विजेता श्रीहरि पौडेल र महिला क्याटागोरी विजेता वर्षा बस्नेतलाई यामाहाको मर्चेन्डाइज हस्तान्तरण गर्दै सम्मान गरेको थियो। यसले मोटरस्पोर्ट्सको विकास र उत्कृष्टताप्रतिको ब्रान्डको प्रतिबद्धतालाई पुनः पुष्टि गरेको छ। कार्यक्रमको मुख्य आकर्षणमध्ये एक ‘कस्टमाइज्ड‘ (Customized) MT-15 मोटरसाइकलहरूको प्रदर्शनी थियो। राइडरहरूको व्यक्तिगत कथा र प्रेरणा झल्काउने यी मोटरसाइकलहरूमा गरिएको युनिक मोडिफिकेसन, लिभरी र एसेसरिजले राइडिङ समुदायभित्रको रचनात्मकतालाई उजागर गरेको थियो। यामाहा नेपालका सीईओ तथा कार्यकारी निर्देशक श्री दीपक कुमार अग्रवालले ती राइडरहरूलाई भेट्दै यामाहाको मर्चेन्डाइज प्रदान गर्नुभएको थियो। फेस्टिभलमा प्रस्तुत गरिएको यामाहाको स्टन्ट शो (Stunt Show) ले दर्शकहरूको ध्यानाकर्षण गर्दै माहोल तताएको थियो।फेशनल राइडरहरूले प्रस्तुत गरेको स्टन्टले यामाहाको पर्फर्मेन्स डीएनए (DNA) र बलियो मोटरस्पोर्ट्स विरासतलाई झल्काएको थियो। दर्शकहरूसँग अझ नजिकिन यामाहाले विभिन्न अन्तरक्रियात्मक र अनुभवजन्य जोनहरू पनि सिर्जना गरेको थियो। मोटोजीपी (MotoGP) रेसिङ सेटअपसहितको गेमिङ जोन, ग्राफिटी आर्ट वाल र हेल्मेट आर्ट जोनले सहभागीहरूलाई आफ्नो रचनात्मकता देखाउन प्रोत्साहित गर्यो। साथै, MT-15 एक्स्पेरियन्स जोनमा टेस्ट राइडको व्यवस्था गरिएको थियो जहाँ युवाहरूको बाक्लो उपस्थिति देखियो। कार्यक्रमको अर्को विशेष आकर्षण ‘MT राइड–आउट‘ रह्यो, जसमा ३५ जना राइडरहरूले कस्प्ले कलाकारहरूलाई पिलियन (पछाडि) राखेर प्लाजा पुग्नुअघि नै कार्यक्रमको हाइप अझ बढाउन सफल भयो। ओटाकु जात्रामा यामाहाको उपस्थिति केवल एक प्रायोजकको रूपमा मात्र नभई, एक स्पष्ट उद्देश्यको साथ भएको देखिन्छ। वैयक्तिक स्वतन्त्रता र फ्यानडम (Fandom) को उत्सव मनाउने यस फेस्टिभलसँग जोडिएर, यामाहाले आफूलाई समकालीन संस्कृतिसँगै अघि बढ्ने र आधुनिक युवा समुदायसँगको सम्बन्धलाई पुनर्परिभाषित गर्ने ब्रान्डको रूपमा स्थापित गरेको छ।
काठमाण्डौं — नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले आगामी पुष ९ गते हुने साधारण सभा विधान तथा कानुनी प्रावधानअनुसार निर्धारित मितिमा नै सञ्चालन हुने पुनः स्पष्ट गरेको छ। हाल
काठमाडौं । स्मार्टफोन ब्रान्ड भिभोले आफ्नो नवीनतम फ्ल्यागशिप स्मार्टफोन भिभो एक्स ३०० प्रो नेपाली बजारमा आधिकारिक रूपमा सार्वजनिक गरेको छ । व्यवसायिक मोबाइल फोटोग्राफीलाई नयाँ उचाइमा पुर्याउने लक्ष्यसहित ल्याइएको