काठमाडौं । नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक नरबहादुर थापाले जेनजी प्रदर्शनपछि सरकारले आर्थिक पुनःउत्थानमा काम गर्नुपर्ने बताएका छन् ।
उनले केन्द्रीय बैंकको ऐनमा भएको व्यवस्था बमोजिम ओडी लिएर पुननिर्माणमा लाग्दा उचित हुने सुझाए । अबको मुख्य विषय स्रोत व्यवस्थापन भएकाले अहिले सरकार ओडी िलएर पुन निर्माणमा जुट्नुपर्ने उपयक्त समय भएको उनको भनाइ छ ।
ओडी लिएर पुनर्निर्माण गर्दा यसले सार्वजनिक ऋण नबढ्ने र विदेशीमुद्रा सञ्चितिमा पनि असर नपर्ने धारणा थापाले राखे । सरकारले क्षति पुगेका प्रहरी चौकीलगायतका संरचना यसरी निर्माण हुन्छ र तदअनुरुप राज्यका संयन्त्र परिचालन हुन्छ भनेर नागरिकसामू भनेर मनोबल उकास्न जरुरी भएको पनिबताए ।
उनले धेरैको रोजगारी गुमिसकेको अवस्थामा यसको मुख्य असर विश्वभर नै नेपाल भ्रष्टाचारयुक्त मुलुकको रुपमा दर्ज भएको पनि बताए ।
निजी क्षेत्रको मनोबल कमजोर भएको र व्यापार व्यवसाय समेत धराप बनेको विषयमा पनि सरकारले ध्यान दिनुपर्ने उनको भनाइ छ ।
विदेशी लगानी पनि आउने कि नआउने भनेर सोच्न बाध्य हुने स्थिति सिर्जना भएकाले यी सबै विषयलाई मध्यनजर गरेर आधार बनाउँदै अगाडि बढ्नुपर्ने थापाले बताए ।
उनले सरकार पुननिर्माण, आर्थिक सुधार, संस्था सबलीकरण, लगायत काममा अगाडि बढ्न आवश्यक भएको बताए ।