बजेट अन्यत्र प्रयोग नगर्न शिक्षा मन्त्रीको आग्रह

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सेनिटरी प्याड वितरणका लागि ल्याइएको बजेट अन्यत्र प्रयोग नगर्न आग्रह गर्नुभएको छ । सामुदायिक विद्यालयहरुका छात्राहरुलाई निः शुल्क सेनिटरी प्याड वितरण कार्यक्रमको सुभारम्भ गर्दै शिक्षामन्त्री पोखरेलले यो वा त्यो बाहनामा बजेट अन्यत्र प्रयोग हुन नदिन स्थानीय तहहरुलाई आग्रह गर्नुभयो । सेनिटरी प्याडको अभावमा छात्राहरुको पढाइमा कुनै समस्या हुन नदिन आवश्यक व्यवस्था मिलाउन पनि उहाँले आग्रह गर्नुभएको छ । ‘सेनेटरी प्याडकै कारणले छात्राहरुको पढाई छुट्यो भन्ने कुरा सुन्नु नपरोस । हर हालतमा गुणात्मक शिक्षाको प्रत्याभूति गर्नैपर्छ त्यसकै लागि राज्यले यो कार्यक्रम ल्याएको हो, उहाँले भन्नुभयो ।
मन्त्री पोखरलेले कार्यक्रम कार्यन्वयन गर्दा कसरी आत्मनिर्भर बन्न सकिन्छ भन्ने तर्फपनि ध्यान दिन आग्रह गर्नुभएको छ । एउटा पालिकले अर्को पालिकासँग मिलेर हुन्छ वा नीजि क्षेत्र, यो क्षेत्रमा काम गर्ने सहकारी संस्थाहरुको बीचमा पनि साझेदारीको रुपमा लैजान सके यो दिगो र टिकाउन हुने उहाँले बताउनुभयो । मन्त्रालयले बनाएको मापदण्डभित्र रहेर उत्पादन गर्न आग्रह गर्दै मन्त्री पोखरेलले गुणात्मक रुपमा एकरति पनि कमि हुन नहुने बताउनुभयो । नेपालका सबै सामुदायिक विद्यालयहरुमा अध्ययनरत छात्राहरुलाई निःशुल्क सेनिटरी प्याड वितरण कार्यक्रमको सोमबारबाट सुभारम्भ गरिएको छ ।

Spread the love