सीमा समस्या समाधानका लागि बार्ता गर्न सरकारले मिति तोक्ने

परराष्ट्र मन्त्री प्रदीप कुमार ज्ञावालीले भारतसँगको सीमा समस्या समाधानका लागि बार्ता गर्न सरकारले मिति तोक्न लागेको बताउनु भएको छ । मन्त्रालयले सिंहदरबारमा आयोजना गरेको आर्थिक वर्ष २०७५÷०७६ को वार्षिक प्रतिवेदन सार्वजनिक कार्यक्रममा बोल्दै मन्त्री ज्ञवालीले सीमा समस्या सभाधानका लागि भारतसँग बैठक बस्न नयाँ मिति तोक्न लागेको जानकारी दिनुभएको हो । उहाँले नोभेम्बर २३ मा औपचारीक पत्र पठाई बैठक बस्न मिति दिएकोमा भारतले समस्याको अनुभुति र समाधानको तत्परता सहित जवाफ पठाएको भन्दै अब सरकारले नयाँ मिति तोक्न गृहकार्य सुरु गरेको जानकारी दिनुभयो ।

मन्त्री ज्ञवालीले सीमा विवादलाई लिएर दुई देशबीचको सम्बन्ध विग्रिएको भन्ने बुझ्न नहुने समेत बताउनुभयो । उहाँले सीमा विवाद कुटनीतिक तरिकाले समाधान गर्न भारत तत्पर रहेको समेत बताउनुभयो । त्यस्तै मन्त्री ज्ञवाालीले आर्थिक वर्ष २०७५÷०७६ मा सरकारले दुवै छिमेकीहरुसँग सार्थक आर्थिक साझेदारीमा आधारित सम्बन्धलाई विकास गर्न र विश्वासको बलियो जग स्थापित गर्न सफल भएको बताउनुभयो । उहाँले नेपालको राष्ट्रिय आकांक्षा ‘समृद्ध नेपाल सुखी नेपाली’लाई पुरा गर्न सरकार अनुकुल अन्तर्राष्ट्रिय सम्बन्ध निर्माण गर्न सफल भएको समेत बताउनुभयो ।

Spread the love