काठामाडौंमा नेपाल जेम एण्ड ज्वेलरी एक्सपो–२०२० आयोजना हुने

पुष २५ गते देखि काठामाडौंमा ‘नेपाल जेम एण्ड ज्वेलरी एक्सपो–२०२०’ आयोजना हुने भएको छ । नेपाल रत्न तथा आभुषण संघले पुष २५ देखि २७ गते सम्म काठमाडौंको होटल सोल्टी क्राउन प्लाजामा ‘तेस्रो नेपाल जेम एण्ड ज्वेलरी एक्सपो–२०२०’ आयोजना गर्न लागिएको जानकारी गराएको हो । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी संघले नेपाली बहुमूल्य गरगहनाको मौलिक एवं सांस्कृतिक पक्षलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा प्रवद्र्धन गर्ने उद्देश्यले एक्सपोको आयोजना गरिएको जानकारी दिएको छ । नेपाल रत्न तथा आभुषण संघका अध्यक्ष जोत्सना श्रेष्ठले जेम एण्ड ज्वेलरीको क्षेत्रमा बाह्य प्रविधि आकर्षित गर्न र नेपाली गरगहनालाई अन्तर्राष्ट्रिय बजारमा पहूँच बढाई निर्यात प्रवद्र्धन गर्न एक्सपोले सहयोग पु¥याउने बताउनुभयो ।
एक्सपोमा विभिन्न ४० वटा ज्वेलर्स कम्पनीहरुको स्टल रहने छ । त्यस्तै मेलामा नेपाली मौलिक गहनाहरुको ‘फेशन शो’ पनि गरिने भएको छ । एक्सपोको अवलोकन दश हजार भन्दा बढीले गर्ने विश्वास आयोजकले गरेको छ ।

Spread the love