संगठनमा नीतिगत भ्रष्टाचार र आर्थिक अनियमितता गर्ने कसैलाई छुट नहुन आइजीपीको भनाइ

सशस्त्र प्रहरी बलका प्रमुख (आइजीपी) शैलेन्द्र खनालले संगठन नीतिगत भ्रष्टाचार र आर्थिक अनियमितता गर्ने कसैलाई छुट नहुने बताउनुभएको छ । १९ औं सशस्त्र प्रहरी स्थापना दिवसका अवशरमा आयोजित कार्यक्रममा खनालले यस्तो बताउनुभएको हो । संगठनमा राम्रा काम गर्नेलाई उचित पुरस्कार दिने बताउनुहुँदै खनालले भ्रष्ट आचरणका कर्मचारीलाई कडा भन्दा कडा कारवाही गर्ने गरिने नीति अनुरुप सबैलाई जिम्मेवार र जवाफदेही बन्न निर्देशन समेत दिनुभयो । खनालले संगठनको मूल्य, मान्यता र आचरण विरुद्धको काम गर्ने १२ सय ९७ जना कर्मचारीलाई कारावही गरिएको समेत जानकारी दिनुभयो ।

आफ्नो कार्यकालमा संगठनभित्र राम्रो काम गर्ने ५ सय २१ जना कर्मचारीहरुलाई पुरस्कृत पनि गरिएको उहाँले बताउनुभयो । खनालले राम्रा कामहरु गर्दा आइपर्ने कठिनाईहरुको जवाफदेहिता लिन संगठन प्रमुखको हैसियतले आफु सधै तयार रहेको उहाँले बताउनुभयो । १९ औं सशस्त्र प्रहरी स्थापना दिवसका अवशरमा संगठनभित्र उत्कृष्ट काम गर्ने प्रहरी कर्मचारीहरुलाई सम्मान गरिएको थियो ।

Spread the love