छैटौँ नेपाल उड इन्टरनेशनल एक्स्पो र नेपाल इन्टरनेशनल फर्निचर एण्ड होम डेकोर एक्स्पो भृकुटीमण्डपमा सुरु ।

भृकुटीमण्डपमा छैटौँ नेपाल उड इन्टरनेशनल एक्स्पो र नेपाल इन्टरनेशनल फर्निचर एण्ड होम डेकोर एक्स्पो सुरु भएको छ । शुक्रबारबाट सुरु भएको एक्स्पोको उद्घाटन उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले गर्नुभयो । नेपाली उद्यमी र आम नागरिकका लागि केही नयाँ उत्पानसँग परिचित गराउने उद्देश्यले मेलाको आयोजना गरिएको आयोजक संस्था मिडिया स्पेस सोलुसन्सका निर्देशक सृजल भट्टराईले बताउनुभयो । मेलामा फर्निचर, काठ औजारका कम्पनी, डिलर, सब डिलर र विक्रेताहरुले काठ व्यवसायसँग सम्बन्धित उत्पादन र प्रविधिको विषयमा जानकारी पाउने उहाँले बताउनुभयो । घरमा प्रयोग हुने फर्निचरका सामानदेखि लिएर इन्टेरियर डिजाईन लगायतका विभिन्न उत्पादन प्रदर्शनीमा राखिएका छन् । मेलामा भारत, चीन, अमेरिका इटाली र जर्मनी लगायत विभिन्न १० देशका १७३ ब्राण्ड प्रदर्शनीमा राखिएको उहाँले बताउनुभयो ।

मिडिया स्पेस सोलुसन्स र फ्युचरेक्स ट्रेड फेयर एण्ड इभेन्ट प्रालिको संयुक्त आयोजनामा सुरु भएको प्रदर्शनी आइतबार सम्म चल्ने छ । १५ देखि २० हजारसम्म दर्शकले मेलाको अवलोकन गर्ने विश्वास आयोजकले लिएको छ । मेलामा प्रवेश निःशुल्क गरिएको छ ।

Spread the love