सरकारस“ग सम्बन्धित व्यक्तिले भ्रष्टाचार गरेको फेला परेमा कुनै हालतमा नछोड्ने प्रधानमन्त्रीको भनाइ

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारसँग सम्बन्धित व्यक्तिले भ्रष्टाचार गरेको फेला परेमा कुनै हालतमा नछोड्ने बताउनुभएको छ । रोल…
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय समिति बैठकको समापन समारोहमा बोल्नुहुँदै प्रधानमन्त्री ओलीले कसैले पनि भ्रष्टाचार नगरोस भन्ने चाहाना भएपनि कोही फेला परेमा कारवाहीको भागिदार हुने बताउनुभएको हो । विकास निर्माण, सुशासन र भ्रष्टाचार नियन्त्रणका लागि सरकार प्रयासरत रहेको उहाँले बताउनुभयो । ओलीले सरकारले गरेका काममा पार्टीले सहयोग गर्नुपर्ने उल्लेख गर्दै पार्टीको निर्देशन अनुसार सरकारले पनि काम गर्ने प्रतिवद्धता जनाउनुभएको छ । तल्ला तहका कमिटीहरुमा पनि पार्टी र सरकारको समन्वय आवश्यक रहेको ओलीले बताउनुभयो ।
प्रधानमन्त्री ओलीले कोरोना भाइरसको सन्दर्भमा सरकार अत्यन्तै गम्भिर रहेको बताउनुभएको छ । चीनको प्रभावित क्षेत्रमा रहेका विद्यार्थीहरुलाई नेपाल ल्याउने विषयमा छलफलहरु जारी रहेको उल्लेख गर्नुभयो । चीन सरकारले नेपाली विद्यार्थीहरुलाई सुरक्षीत ठाउँमा राखेको र उनीहरुलाई नेपाल फिर्ता गरेपछि सुरक्षीत रुपमा राख्ने ठाउँको खोजी भइरहेको उहाँले बताउनुभयो । प्रधानमन्त्री ओलीले सफलतापूर्वक सम्पन्न केन्द्रीय समिति बैठकले पार्टी एकजुट भएर अगाडी बढेको सन्देश दिएको बताउनुभएको छ
आफ्नो स्वस्र्थपूर्तिक लागि यता उता भनेर समाचार छाप्ने गरेको आरोप प्रधानमन्त्री ओलीले लगाउनुभयो । ‘देश निर्माणका लागि अगाडी बढेको एउटा नेतृत्वको झुण्डलाई यताको भागमा उति टाउको उताको भागमा यति टाउको जस्तो गरेर अंशवण्डा जस्तो ग¥यो । फरक विचार आउने वित्तिकै, छलफल हुने वित्तिकै मान्छे भाग लगाएर अपमानित गरेका छन्’, उहाँले भन्नुभयो । पार्टी एकता एक दिन, दुई दिनका लागि भएको भनेर नसम्झिन आग्रह गर्नुहुँदै ओलीले खास उद्देश्य लिएर पार्टी एक भएको बताउनुभयो । उहाँले नेकपा निरन्तर अगाडी बढ्ने पनि बताउनुभएको छ ।
नोटः समाचार सम्बन्धि फुटेज र बाइट सर्भरमा उपलब्ध छ । आफ्नो अनुकुलतामा प्रयोग गर्नुहोला

Spread the love