पत्रकारिताका लागि अनुसन्धानात्मक पाठ्यक्रमको विकास गर्नुपर्नेमा अर्थमन्त्रीको भनाइ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले नैतिक र सामाजिक मूल्य मान्यतामा आधारित पत्रकारिताका लागि अनुसन्धानात्मक पाठ्यक्रमको विकास गर्नुपर्ने बताउनुभएको छ । त्रिभुवन विश्व विद्यालय पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागको भवन शिलान्यास समारोहलाई सम्बोधन गर्दै अर्थमन्त्री खतिवडाले सामाजिक जिम्मेवारी सहितको पत्रकारिता विकासका लागि अनुसन्धानात्मक पाठ्यक्रमको विकास अनिवार्य रहेको बताउनुभएको हो । उहाँले विभागको नयाँ भवन निर्माणपछि विश्वविद्यालयले अनुसन्धानका कार्यहरुलाई अगाडि बढाउने विश्वास समेत गर्नुभयो । उहाँले सबै शैक्षिक प्रतिष्ठानहरुलाई पनि पत्रकारिताको अध्ययन, अध्यापन र अनुसन्धान गराउने केन्द्रको रुपमा विकास गर्दै जानुपर्नेमा जोड दिनुभयो ।

अर्थमन्त्री खतिवडाले आर्थिक, सामाजिक र सांस्कृतिक रुपान्तरणमा सञ्चार क्षेत्रको पहिलो भूमिका रहने बताउनुभयो । त्यसका लागि सरकारले आम सञ्चारका पूर्वाधारहरुको विकासमा ध्यान दिएको समेत उहाँले बताउनुभयो ।

Spread the love