श्री एयरलाइन्सले थाल्यो काठमाडौं–पोखरा उडान शुरु

श्री एयरलाइन्सले शुक्रबारबाट काठमाडौं–पोखरा उडान शुरु गरेको छ । ८० सिट क्षमताको ड्यास एट क्यु ४०० जहाजबाट उडान सुरु गरेको एयरलाइन्सले जनाएको छ । श्री एयरलाइन्सका कर्पोरेट प्रबन्धक अनिल मानन्धरले काठमाडौं–पोखरा–काठमाडौं दैनिक २ वटा उडान गर्ने र माग अनुसार ५ वटा सम्म उडान गर्ने योजना रहको बताउनुभयो । पोखरा पर्यटकीय क्षेत्र भएको र पर्यटन वर्ष २०२० लाई लक्षित गरी पोखरा उडान सुरु गरेको उहाँले बताउनुभयो । उहाँले केही दिनका लागि काठमाडौंदेखि पोखरा उडाको भाडा २ हजार रुपैयाँ र पोखरादेखि काठमाडौंको भाडा २ हजार ६ सय रुपैयाँ तोकिएको बताउनुभयो ।

एयरलाइन्सका क्याप्टेन भरतसिंह थापाले ड्यास एट क्यु ४०० जहाज सानो रनवेमा पनि जान सक्ने र तीब्र गतिमा उडन सक्ने बताउनुभयो । उहाँले ठुलो जहाज भएकाले नेपाली आकासमा ट्राफिक समेत कम हुने बताउनुभयो ।

श्रीले यसअघि ६ वटा जहाजबाट भद्रपुर, विराटनगर, राजबिराज, भैरहवा, नेपालगंज, धनगढी लगायतका विमानस्थलमा सेवा दिदैं आएको छ । सेवा बढाउँदै जाने रणनीति अनुसार श्रीले थप तीनवटा ड्यास एट क्यु ४०० जहाज खरिद गर्ने योजनामा रहेको प्रबन्धक मानन्धरले बताउनुभयो । उहाँले नेपाली यात्रुलाई जस्तै विदेशी यात्रुलाई समेत तीन वटा भाडादर उपलब्ध गराएको बताउनुभयो । भाडादर अन्य एयरलाइन्सको भन्दा कम हुने समेत उहाँले बताउनुभयो ।

Spread the love