आर्ट काउन्सिलमा नेपालका प्रख्यात व्यक्तिहरुको आर्ट गरिएको फोटो प्रदर्शनि

काठमाडौंको बबरमहल स्थित आर्ट काउन्सिलमा मंगलबारदेखि नेपालका प्रख्यात व्यक्तिहरुको आर्ट गरिएको फोटो प्रदर्शनिमा राखिएको छ । कलाकार भरत सिंहले निर्माण गरेको राष्ट्रपति, समाजसेवी, उद्योगी व्यवसायी, कलाकार लगायतका १४ जना व्यक्तित्वहरुको फोटो प्रदर्शनि गर्नुभएको हो । प्रदर्शनिमा राष्ट्रपति विद्यादेवि भण्डारी, समाजसेवी अनुराधा कोइराला, उद्योग वाणिज्य महासंघमा पूर्व अध्यक्षरु तथा वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, बैंकर अनिल केशरी शाह, पूर्व युवराज्ञी हिमानी शाह लागतयका प्रख्यात व्यक्तिहरुको फोटोहरु राखिएको छ । कलाकार सिंहले नेपालका प्रख्यात व्यक्तिहरुको चित्र निर्माण गरी आफनो माया दर्शाउन प्रदर्शनि गरेको बताउनुभयो ।

कलाकार सिंहले एउटा चित्र निर्माण गर्न नौ दिन सम्मको समय लाग्ने र एउटा चित्रको मूल्य ४ लाख रुपैयाँ भन्दा बढी रहेको बताउनुभयो । यो प्रदर्शनि मंगलबारदेखि चार दिन सम्म चल्ने छ ।

Spread the love