महाशिवरात्रि पर्व देशभर मनाइदै

आज कृष्ण चतुर्दशी । देशका शिवालयहरुमा पूजा आराधना गरी महाशिवरात्रि पर्व देशभरी मनाइदै छ ।  आज विहानैदेखि धर्मवलम्बीहरु नदी, कुण्ड र तलाउनमा स्नान गरी शिवालयमा गएर पूजा आराधना गर्ने गर्दछन् । काठमाडौंको पशुपतिनाथमा हजारौ दर्शकहरुको भीड लागेको छ । विहान तीनबजेदखि पशुपतिका चारवटै ढोका खुला गरिएको थियो । दर्शनका लागि चारवटै ढोकाबाट मिल्ने गरी लाइनबाट मन्दिरसम्म पु¥याउने व्यवस्था गरिएको छ । त्यहाँ सुरक्षा व्यवस्था समेत कडा बनाइएको छ । विगत वर्षहरुभन्दा यो वर्ष राम्रो व्यवस्थापन रहेको दर्शनार्थीहरुले प्रतिक्रिया दिएका छन् ।
पुराणहरूमा कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि गरी चार प्रमुख रात्रिको महत्व वर्णन गरिएको छ । यीमध्ये पनि फागुन कृष्ण चतुर्दशीमा मनाइने शिवरात्रिको विशेष महत्व रहेको छ । शिवरात्रीका अवशरमा भक्तजनहरुले शुद्ध भइ शिव मन्दिरमा पूजा अर्चना गरी व्रत बस्ने र भगवान शिवको प्रिय वस्तु, दुध, धतुरो र बेलपत्र चढाउने गर्दछन् । आजको दिन भगवान महादेवलाई जाडो हुने जनविश्वासले प्रत्येक घर, चोक र मठमन्दिरमा दाउरा मागेर धुनी बनाइ भजन कीर्तनका साथ सोही आगा्मा प्रसाद बनाइ ग्रहण गर्ने गरीन्छ ।

Spread the love