सभामुख र कतार राजदूतबीच भेट

नेपालका लागि कतारी राजदूत युसुफ बिन मोहम्मद अहमत अल हेलले प्रतिनिधिसभाका सभामुख अग्नि प्रसाद सापकोटासँग भेटवार्ता गर्नुभएको छ । सोमबार सभामुखको कार्यकक्ष सिंहदरबार नै पुगेर राजदूत युसुफले सभामुख सापकोटासँग भेट गर्नुभएको हो । भेटमा कतारमा रहेका नेपाली कामहरुको योगदानको राजदूतले खुलेर प्रशंसा गर्नुभएको छ । सन २०२२ मा हुने विश्वकप फुटबलका लागि रंगशाला निर्माणमा नेपाली कामदारले गरेको योगादनको उहाले प्रशंसा गर्नुभएको हो ।

Spread the love