इन्डक्सनमा खाना पकाउनेले विद्युत महसुलमा २० प्रतिशत छुट पाउने

इन्डक्सन आयात गर्दा लाग्ने भन्सार महशुलमा पनि छुट

लकडाउनमा इन्डक्सनमा खाना पकाउनेले विद्युत महसुलमा २० प्रतिशत छुट पाउने भएको छ । लकडाउनको बेला विद्युतीय चुल्हो (इन्डक्सन) मा खाना पकाउनेहरुलाई विद्युत महसुलमा २० प्रतिशत छुट दिन ऊर्जा, जलश्रोत तथा सिंचाइ मन्त्रालयले विद्युत प्राधिकरणलाई निर्देशन दिएको हो । इन्डक्सनबाट खाना पकाउने ग्राहकलाई १ सय ५० युनिटसम्म विद्युत महसुलमा छुट दिने व्यवस्था मिलाउन ऊर्जामन्त्री वर्षमान पुनले निर्देशन दिएका हुन् ।
इन्डक्सनमा छुट दिदा ग्यासको विस्थापनमा सहयोग पुग्ने भएकाले यो निर्णय गरिएको उर्जामन्त्रालयले जनाएको छ । ग्यास बाहिरबाट आयात गर्नुपर्छ । बिजुली आफ्नो उत्पादन भएकाले यसो गर्दा ग्यास किन्न बाहिरिने पैसा देशभित्रै बस्ने र व्यापार घाटा पनि कम हुने भएकाले यो निर्णय गरिएको जनाएको छ । मन्त्री पुनले इन्डक्सनमा खाना पकाउदा ग्यासमा भन्दा सस्तो पर्ने भएकाले उपभोक्तालाई इन्डक्सनमा खाना पकाउन आग्रह समेत गरे । कोरोना भाइर को संक्रमणका कारण मुलुक नै लकडाउन भएपछि विद्युत खपतमा भारी गिरावट आएको छ ।

Spread the love

Comment here