कोरोनाभाईरस १९ ले यूरोप अस्तब्यस्त, आर्थिक कारोबार ठप्प

बेद राम कंडेल, नेदरल्याण्ड

चिन बाट सुरुवात भएको कोरोना भाईरस १९ ले विस्व त्रसित बनाएको छ् । नेदरल्यान्ड लगायत यूरोपका प्राय देशका बिद्यालय रेस्टुरेन्ट बार फिल्म हल सभा सम्मेलन बिगत तीन हप्ता देखि बन्द भईरहेका छन । साना सुपरमार्केटहरु सुचारु रुपमा सन्चालन भईइरहेका छ्न भने ठुला होटेल रेस्टेुरेन्ट लाई सप्लाई गर्ने ठुला कम्पनी खुले पनि ब्यवसायको कारोवार भने ठप्प जस्तै छ् । सरकारी कार्यालय , बैक,बित्तिय संस्था तथा कम्पनीहरुले आफ्ना कर्मचारीहरु लाई घरबाटै अन्लाईन बाट नै दैनिक काम सुचारु गराईरहेका छ्न ।

बिद्यालय तथा विश्वविद्यालयहरुले पनि अनलाइन मार्फत विद्यार्थीहरु लाई गृहकार्य निरन्तर सन्चालन गरिरहेका छन । यहँको सरकारी,ब्यक्तिगत तथा गैर सरकारी सस्थाहरुको आर्थिक अवस्था सन २०११ को आर्थिक मन्दी (क्रैइसिस )ले जस्तै यस पटकको महामारी कोरोना भाईरस १९ ले बिस्व लाई नै आर्थिक मन्दी पर्ने पक्का आकंलन गर्न सकिन्छ ।


यूरोपमा रहेका गैर आवासिय नेपाली संघ ,नेपाली सामाजिक संघ सस्था ,जातिय ,क्षेत्रिय ,नेपाली राजनीतिक दलका भात्री संगठन ,ब्यबसायी संघ तथा विद्यार्थी ,कलाकार तथा पत्रकारहरुले सरकारले जारी गरेका सुचनाहरुलाई एक आपसमा आदानप्रदान सामाजिक सन्जाल तथा सामाजिक सन्जालका ग्रुपमा साटासाट गरिएको छ् । बेल्जियम ,जर्मन ,इटली ,स्पेन ,पोर्चुगल ,फ्रान्स ,नेदरल्यान्ड ,स्विजरल्यान्ड ,बेलायत, चिन ,कोरिया ,अमेरिका ,अस्ट्रेलिया लगायतका केही देशहरुमा नेपाली समुदायका अग्रज तथा सर्बसाधारणहरुलाई पनि सक्रमणले ज्यान लीसकेको छ् भने केही कोरोना सक्रमितहरुले अस्पताल र घरमै उपचार गराइरहेका छन भने केही उपचार गरी निको भएर घर फर्किएका छन ।
प्रवासमा रहेका राजदुतावास तथा नेपाली संघ सस्थाहरुले आफुहरुले सक्दो आर्थिक सामाजिक तथा डाक्टर स“ग परामर्श गरी सहयोग गरिरहेका छन भने केही देशका आवासिय बैधानिक प्रकियामा रहेका नेपाली रोजगार बिहिनहरु लाई अति आवश्यक खानाका सामाग्री बितरण सुरुवात गरेका छन ।
नेदरल्याण्डमा कोरोना भाईरस नेपाली व्याबसायी सहयोग समिती  गरेको छ् । समितिमा शशी पौड्याल – संयोजक, श्रीधर पाण्डे – उपसंयोजक, बेदराम कंडेल ( सदस्य सचिव, अमिर देवकोटा ( सदस्य ,श्रीराम कंडेल ( पदेन सदस्य रहने गरी सर्बसहमतीमा गठन गरेको छ् ।
गैर(आवासिय नेपाली संघ नेदरल्याण्डर ब्यावसायी संघ नेदरल्याण्डको संयुक्त बैठकले नेदरल्याण्डमा अवस्थित रोजगार ,विद्यार्थी , नेपाली ब्यवसायीहरुलाई सरकारले यस सक्रमण अवस्थालाई मध्य नजर गरी बनाएको आपतकालिन राहत सहयोग सुबिधाका लागी पहल गर्ने मुख्य उद्देश्य रहेको छ् ।
कोरोना भाईरस नेपाली व्याबसायी सहयोग समिती ले सहयोगको लागि निम्न प्रकारको कार्य सुरुवात पनि तत्कालै सुरु गरेको छ ।
१. प्रभावित ब्यावसायीहरुको डाटा सकंलन गर्ने
२. नेदरल्याण्ड सरकारबाट पाउने सुबिधा र त्यसको प्रकृयाको बारेमा जानकारी ब्यवसायीहरुलाई सम्प्रेषण गर्ने
३. मासिक खर्चको लिस्ट तयार गर्ने र सो कटाउनको लागि टुल्स उपलब्ध गराउने
४. बैंकबाट पाउने लोन सम्बन्धी जानकारी र लोन लिनको लागि कहा र कसरी प्रकृया गर्ने भन्ने जानकारी र सहयोग गर्ने
५. अन्य भैपारी आउने समस्याको लागि समाधान खोज्ने
जिम्मा पाए लगत्तै कोरोना भाईरस नेपाली व्याबसायी सहयोग समितिले कार्य बिभाजन गरी काम सुरु गरिसकेको छ् ।
१. प्रभाबित ब्यावसायीहरुको डाटा कलेक्सन गर्ने
एकदुई दिन भित्रमा नेदरल्याण्डमा अवस्थित सम्पूर्ण ब्यावसायीहरुको नाम, ठेगाना, दर्ता नम्बर र संम्पर्क टेलिफोन, ईमेल र वेबसाईट समेत गरि समितिको सदस्य सचिव बेदराम कंडेललाई छिट्टै उपलब्ध गराइदिनु हुन विनम्र अनुरोध गरिएको छ् ।
२. नेदरल्याण्ड सरकारबाट पाउने सुबिधा र त्यसको प्रकृयाको बारेमा जानकारी ब्यावसायीहरुलाई सम्प्रेषण गर्ने छ् ।
नेदल्याण्ड सरकारले व्याबसायीहरुलाई उपलब्ध गराउने भनेको सहयोगको के कस्तो सहयोग हो र कसरी लिन सकिन्छ भन्ने बारेमा जानकारी लिनको लागि र सहयोगको लागि समितिका संयोजक शशी पौड्यालसग संपर्क गर्न सकिनेछ । सरकारी सुबिधा कहा बाट र कसरी लिने भन्ने बारेमा पनि समितिले यहाहरुलाई जानकारी बारम्बार गर्ने निर्णय गरेको छ ।
३. मासिक खर्चको लिस्ट तयार गर्ने र सो कटाउनको लागि टुल्स उपलब्ध गराउने
घरको भाडा, ग्यास र एलेक्ट्रिसिटी, कार लीज ( र हिपोथेक जस्ता खर्चहरुको लाई मिनाह गरिदिन वा ३ महिना पछि मात्र बिल पठाउनको लागि हामीले यहाँहरुलाई ईमेलको नमुना बनाएर पठाइदिने छौ सो ईमेल आफ्नो घरभेटी, संस्था वा बैंकमा पठाउन सक्नु हुनेछ । घरभेटी, संस्था वा बैंकले तपाईंको ईमेल पाएर सम्पर्र्क गर्दाको समयमा मौखिक रुपमा राम्रोसग आफ्नो समस्या राखी समस्या बुझिदिन अनुरोध गर्ने ।
४. बैंकबाट पाउने लोन सम्बन्धी जानकारी र लोन लिनको लागि कहा र कसरी प्रकृया गर्ने भन्ने जानकारी र सहयोग गर्ने
बैंकसग लिन पाउने लोन को बारेमा सबै जानकारी समितिले छिट्टै नै जानकारी गराउने । यसको बारेमा थप जानकारी लिनु परेमा समितिका उपसंयोजक श्रीधर पाण्डे सग संपर्क राख्न सकिने छ् ।
५. अन्य भैपरी आउने समस्याको लागि समाधान खोज्ने
भैपरी आउने कुनै पनि समस्याको लागि पायक पर्ने सामाजिक अभियनताहरु र आपत्कालिन समितिलाई संपर्क गर्न सकिने छ् । कोरोना भाईरस नेपाली व्याबसायी सहयो समितिले गैर आवासिय नेपाली संघ,बिभिन्न संघ सस्था र ब्यवसायी संघसग सहकार्य गरी सक्दो सहयोग गर्ने प्रतिवद्ध्ता जनाएको छ् ।

Spread the love