गभरर्नर बनेर अधिकारीको राष्ट्र बैंकमा बिग कमब्याक

आज बसेको मन्त्रीपरिषद बैठकवाट सरकारले महाप्रसाद अधिकारी लाई गभरर्नर नियुक्त गरेको छ । अधिकारी हाल अर्थमन्त्री रहेका डा.युवराज खतिवडा गभरर्नर रहदा डेपुटी गभरर्नर रही राष्ट्र बैंकमा सेवारत थिए ।

नेपाल राष्ट्र र्बैकको खाली रहेको गभर्नर पदमा सिफारीस गर्न गठीत समितिले तिन जनाको नाम सिफारीस गरेको थियो । तिन जनाको नाम सिफारीस भए सँगै गभर्नर नियूक्ती आजै भएको छ । आजै बसेको मन्त्रीपरिषद बैठकमा अर्थमन्त्री युवराज खतिवडाले तिन जनाको नाम प्रस्ताव गर्नु भएको थियो । सिफारीस गरीएका तिन जना मध्य वाट अधिकारी नियूक्त भएका छन । सिफारीस गरीएका मध्य पूर्व अर्थ सचिव डा.राजन खनाल र हाल का.मु. गर्भनरका रुपमा काम चलाई रहेका निमिक्त गर्भरनर चिन्तामणी शिवाकोटी लाई पछी पार्दै अधिकारी नेपाल राष्ट्र बैंकको १७औं गभरर्नरको रुपमा नियुक्त भएका हुन ।

करीब तिस बर्ष भन्दा बढी बैकिङ्ग अनुभव राष्ट्र बैंकबाटै बटुलेका अधिकारी वित्तिय क्षेत्रमा राम्रो दखल राख्ने ब्यक्तिमा पर्दछन । अधिकारीले लगानी बोर्ड मार्फत नेपालमा अर्वौका आयोजनाहरु भित्रयाउन सफल भई सकेका कारण अब उनि गभरर्नर भए पश्चात नेपालले आर्थिक क्षेत्रमा राम्रै छलाङ्ग लगाउने अपेक्षा गरीएको छ ।

नव नियुक्त गभरर्नर अधिकारी हाल नेपाल ईन्भेष्टमेन्ट बोर्डको प्रमुख कार्यकारी अधिकृतमा बहाल रहेका छन । अब अधिकारी गभरर्नर नियुक्त भए सँगै लगानी बोर्डको सिइओ खाली हुने भएको छ ।

 

 

Spread the love