मेगा बैंकद्वारा बागमती र कर्णाली प्रदेशलाई ५–५ लाख सहयोग

मेगा बैंक नेपाल लिमिटेडले कोरोना भाइरस रोकथामका लागि प्रदेश सरकारलाई सहयोग हस्तान्तरण गरेको छ ।

कोरोना रोकथामका लागि बैंकले बागमती र कर्णाली प्रदेश सरकारलाई ५–५ लाख रुपैंया सहयोग गरेको जनाएको छ । मेगा बैंक हेटौंडा शाखा र वीरेन्द्रनगर शाखाका प्रबन्धकहरुले क्रमश बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई र कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई ५।५ लाख रुपैंया सहयोग हस्तान्तरण गरेका छन ।

मेगा बैंक सञ्चालक समितिले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि केन्द्रीय सरकारले स्थापना गरेको कोषमा १ करोड रुपैयाँ र सातै वटै प्रदेशले स्थापना गरेको कोषमा ५–५ लाख गरी जम्मा १ करोड ३५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको थियो । सोही अनुसार, प्रदेश नम्बर १, २, गण्डकी प्रदेश तथा सुदूरपश्चिम प्रदेशमा यसअघि ५–५ लाख रुपैंया हस्तान्तरण गरिएको हो ।

Spread the love