सनसिटीबाट अस्पताल लगिएका 2 जनामा कोरोना संक्रमण पुष्टि

१ जनाको रिपोर्ट आउन बाकी

पेप्सिकोलास्थित सनसिटी अपार्टमेन्टको एकै परिवारका दुई जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । ३ जना मध्ये एक जनाको भने रिपोर्ट आउन बाकी छ । ¥यापिड टेष्टमा पोजेटिभ आएपछि सोमबार पाटन अस्पताल भर्ना गरिएको थियो । उनीहरु १ महिना अघि मात्र बेलायतबाट फर्किएका थिए । सोमबार ¥यापिड टेष्टमा पोजेटिभ देखिएपछि पाटन अस्पताल भर्ना गरेर थ्रोट स्वाब संकलन गरिएको थियो । अपार्टमेन्टको ५ ब्लकमध्ये ए ब्लकमा बसिरहेका थिए । सनसीटीमा पा“चवटा बिल्डिङहरु छन् । प्रहरीले सनसीटी अर्पाटमेन्टमा मानिसहरुलाई भित्र बाहिर आवत जावत गर्न नदिई सिलबन्दी गरेको छ ।
Spread the love