लकडाउन १२ दिन लम्ब्याउने मन्त्रीपरिषदको निर्णय

अन्तराष्ट्रिय उडानहरु वैशाख १८ गतेसम्म बन्द गर्ने

लकडाउनको समय १२ दिन बढाएर वैशाख १५ गतेसम्म र्पुयाउने निर्णय सरकारले गरेको छ । मंगलबार मन्त्रिपरिषद बैठकले लकडाउन १२ दिन बढाउने निर्णय गरेको हो । एक साताका लागि घोषणा गरिएको लकडाउन संक्रमण देखिदै गएपछि सरकारले बढाउदै लगेको हो। विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण रोक्नका लागि चैत ११ बाट थालिएको लकडाउन तेस्रो पटक बढाउने सरकारले निर्णय गरेको हो
नेपालमा हालसम्म १६ जनामा संक्रमण देखिएको छ। आज मंगलबारमात्रै राजधानीको सन सिटी अपार्टमेन्टमा बस्ने दुई जनामा संक्रमण पुष्टि भएको छ। यस्तै अन्तराष्ट्रिय उडानहरु वैशाख १८ गतेसम्म बन्द गर्ने पनि सरकारले निर्णय गरेको छ। आजै छिमेकी राष्ट्र भारतले पनि लकडाउन १९ दिनका लागि बढाउने घोषणा गरेको छ।
Spread the love