अलपत्र परेका नागरिकहरुलाई मावन सेवा आश्रमको सहयोग

भक्तपुरका विभिन्न स्थानमा अलपत्र रहेका नागरिकहरुलाई मानव सेवा आश्रम भक्तपुरले खाना खुवाएको छ । भक्तपुरका विभिन्न स्थानमा लक डाउनका कारण भोकै रहेका नागरिकहरुलाई आश्रमले खाना खुवाएको हो । लक डाउनको आठौं दिन देखि नै भक्तपुरका विभिन्न स्थानमा अलपत्र रहेका नागरिकहरुलाई खाना खुवाएको आश्रमकी सुमित्रा चपागाईंले जानकारी दिनुभयो । सेवा घरमा रहेका ६३ जनालाई यसअघि पनि नियमित रुपमा सेवा गर्दै आएको मानव सेवा आश्रम अहिले सडकमा रहेका १ सय भन्दा बढीलाई सेवा गरिरहेको उहाँले बताउनुभयो ।

आश्रमले २ वर्षदेखि अलपत्र नागरिकहरुलाई सेवा गर्दै आएको छ । जिल्लामा रहेका नागरिक अगुवाहरुको सहयोगमा लक डाउनका कारण अलपत्र परेका नागरिकहरुलाई आश्रमले बेलुकी खाना खुवाउँदै आएको छ । दिउँसो अन्य स्वयमसेवकहरुले पानी ड्राई फुड लगायतका सहयोग गर्ने भएकाले आश्रमले बेलुकीको खाना खुवाएर सहयोग गरिरहेको उहाले बताउनुभयो ।

Spread the love

Comment here