सनराईज बैंकद्वारा पिपिई वितरण

कोरोना भाइरस महामारीको उपचारमा संलग्न चिकित्सकहरुका लागि सनराईज बैंले विभिन्न अस्पतालहरुमा पिपिई उपलब्ध गराएको छ ।
पहिलो पंक्तिमा रहेर कोरोना नियन्त्रणका लागि उपचारमा संलग्न हुनुपर्ने चिकित्सकको सुरक्षाका लागि बुधबार बनेपा र ठिमी अस्पताललाई बैंकले पिपिई उपलब्ध गराएको हो । बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौडेलले दुबै अस्पताललाई १२—१२ थान पिपिई उपलब्ध गराइएको बताउनुभयो । सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले आफ्नो प्रमुख जिम्मेवारी ठानेर पिपिई उपलब्ध गराईरहेको उहाँले बताउनुभयो ।

पिपिई बुझेपछि श्री मेमोरियल अस्पताल काभ्रेका डा. शिवजी विक्रम सिलवालले अहिलेको समयमा पहिलो पंक्तिमा बसेर उपचारमा खटिने चिकित्सकहरुका लागि पिपिई महत्वपूर्ण भएको बताउनुभयो । अस्पतालको कार्डियोलोजि विभागका निर्देशक समेत रहनुभएका डा. सिलवालले चिकित्सक सुरक्षित नभएसम्म कोरोनाको उपचार पनि सुरक्षित नहुने भएकाले पिपिईबिना उपचार सम्भव नभएको बताउनुभयो । महामारीको समयमा बैंकले पिपिई उपलब्ध गराएकोमा उहाँले बैंकलाई धन्यवाद समेत दिनुभयो ।

कोरोनासँग डराएर नभइ डटेर लड्नुपर्ने अहिलेको समयमा सम्पूर्ण सुरक्षाका विधि अपनाएर सरकारी नीति पालना गर्न बैंकले सबैलाई आग्रह गरेको छ । अहिलेको समयमा बैंकिङ कारोबारलाई डिजिटल माध्यमलाई बढी प्राथमिकता दिन बैंकले आग्रह गरेको छ ।

Spread the love