नर्सहरुको सुविधा र सुरक्षामा ध्यान दिन नर्सिङ संघद्धारा सरकारलाई आग्रह

विश्वव्यापी महामारीको फैलिएको समयमा निरन्तर जिम्मेवारीमा रहेका नर्सहरुको स्वास्थ्य सुरक्षा र सेवा सुविधामा ध्यान दिन संघले आग्रह गरेको हो । नर्सहरुको जिम्मेवारी घर र अस्तालको संगसगै हुने भएकाले अहिलेको परिस्थितिमा बढी जोमिख रहेको भन्दै संघले सरकारलाई यस्तो आग्रह गरेको हो ।

संघका अध्यक्ष मनकुमारी राईले अहिलेको अवस्थामा नर्सहरुले घर र अस्पतालको जिम्मेवारी स“गस“गै लगाडी बढाउनुपर्ने अवस्थामा बढी जोखिम रहेकाले स्वास्थ्य सुरक्षातर्फ ध्यान दिन आग्रह गर्नुभयो । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा अध्यक्ष राईले फ्रन्ट लाइनमा काम गर्ने स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीको मनोबल उच्च हुने काम गर्न पनि आग्रह गर्नुभयो । अहिलेको अवस्थामा नर्स लगायत चिकित्सक अन्य स्वास्थ्यकर्मीहरु मिलेर काम गर्ने अवशर मिलेको र यहि अवशरमा एक अर्काका समस्या साटासाट गर्ने र एक अर्काको समस्या कसरी समाधान गर्न सकिन्छ भन्ने कुरा सिकाएको उहाँले बताउनुभयो ।

अहिलेको परिस्थितिले आगामी नर्सिङ शिक्षा कस्तो हुनुपर्छ भन्ने पाठ सिकाएको पनि उहाँले बताउनुभयो । अब गुणस्तरिय रुपमा प्रयोगात्मक शिक्षाका माध्यमबाट नर्सहरु उत्पादन हुनुपर्नेमा उहाँले जोड दिनुभयो । उत्पादनमा मात्रै नभएर गुणस्तरको मान गर्नुपर्ने कुरामा पनि अहिलेको परिस्थितिले सिकाएको उहाँले बताउनुभयो । नर्सहरुका समस्या धेरै भएपनि अहिले महामारी विरुद्ध लड्नुपर्ने प्रमुख कार्य भएकाले संक्रमण देखिएका क्षेत्रका नर्सहरुलाई उहाँले संयमित भएर जिम्मेवारी निर्वाह गर्न पनि उहाँले आग्रह गर्नुभयो ।

Spread the love