सचिवालय बैठकमा प्रधानमन्त्रीद्धारा संसदको बजेट अधिवेशन छिट्टै बोलाउने जानकारी

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले बैशाख २५ गते स्थायी कमिटि बैठक बोलाउने निर्णय गरेको छ । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले बैशाख २५ गते स्थायी कमिटि बैठक बोलाउने निर्णय गरेको हो । सचिवालय बैठकले निकालेका निष्कर्ष, पार्टीको अहिलको अवस्था र आगामी कार्यदिशाका बारेमा स्थायी कमिटि बैठकमा गम्भिर छलफल हुने प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनुभयो । त्यसअघि बैशाख २४ गते दिउँसो ३ बजे सचिवालय बैठक बोलाइएको छ ।
सचिवालय बैठकले पार्टीका उपाध्यक्ष बामदेव गौतमलाई प्रतिनिधिसभामा लैजाने निर्णय पनि गरेको छ । उपयुक्त समय हेरेर उपाध्यक्ष गौतमलाई प्रतिनिधिसभामा लैजाने निर्णय पनि बैठकले गरेको प्रवक्ता श्रेष्ठले बताउनुभयो ।

गौतमलाई प्रतिनिधिसभामा लैजाने निर्णय सचिवालयले गरेपनि पार्टीमा वरिष्ठ नेता माधव कुमार नेपाललाई तेस्रो अध्यक्षका रुपमा अगाडी बढाउने प्रधामन्त्री ओलीको प्रस्तावमा भने कुनै निर्णय भएन् । नेता नेपाल नै उक्त प्रस्तावमा असहमत भएकाले कुनै निर्णय नभएको प्रवक्ता श्रेष्ठले बताउनुभयो । पार्टीभित्र देखिएका समस्या र संकटलार्ई समाधान गर्ने गरी एकतावद्ध भएर पार्टीएकताको पक्षमा दृढ रहने संकल्प बैठकले गरेको छ । बैठाले पार्टीलाई कमजोर पार्ने र गुटलाई बलियो बनाउने कुनै पनि कुरामा सामेल नहुन पार्टीका सम्पूर्ण सदस्यलाई सचिवालयले निर्देशन दिएको उहाँले बताउनुभयो । पार्टीलाई एकतावद्ध गरेर नीति र विधिअनुसार अगाडी बढ्ने विषयमा सचिवालय सदस्यहरु एकमत भएको प्रवक्ता श्रेष्ठले बताउनुभयो ।

पार्टीको नीति, निर्देशन र मार्गचित्र अनुसार सरकार सञ्चालन गर्नुपर्ने र सरकारले गर्ने हरेक निर्णयहरुका विषयमा पार्टीभित्र छलफल हुनुपर्ने कुरामा पनि सचिवालय सदस्यहरु एकमत भएका छन् । बैठकमा प्रधानमन्त्री ओली, अध्यक्ष प्रचण्ड लगायत सचिवालय सदस्यले आफ्ना कमि कमजोरी सच्याएर आगाडी बढ्नेगरी आत्मालोचना गरेको उहााले बताउनुभयो । अहिलेसम्म पार्टी र सरकार सञ्चालनमा भएका कमि कमजोरी सच्याएर अगाडी बढ्ने विषयमा प्रधानमन्त्री सकारात्मक हुनुभएको प्रवक्ता श्रेष्ठले बताउनुभयो । सबै नेताहरु आफ्नो जिम्मेवारी अनुसार सकारात्मक ढंगले अगाडी बढ्ने संकल्प लिएको उहँले बताउनुभयो

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसदको बजेट अधिवेशन छिट्टै बोलाउने विषयमा पनि जानकारी गराउनुभएको थियो । सरकारले आगामी वर्षका लागि प्रस्तुत गर्ने नीति तथा कार्यक्रम र बजेटका विषयमा पनि पार्टीभित्र छलफल गर्ने र जनादेश अनुसार सरकार अगाडी बढ्नुपर्ने निष्कर्ष पनि बैठकले निकाले उहाले बताउनुभयो । सचिवालय बैठकले देश कोरोना महामारीसग लडिरहेको सन्दर्भमा सम्पूर्ण राजनीतिक दल र पार्टीका नेताहरुलाई एकजुट भएर अगाडी बढ्न आग्रह गर्ने पनि निर्णय गरेको छ ।

Spread the love