कोराना संक्रमितको संख्या २१७ पुग्यो

रूपन्देहीमा ९ र कपिलवस्तुमा ८ संक्रमित छन् । महोत्तरी, धनुषा र भक्तपुरमा २/२ तथा काठमाडौं, बारा र सर्लाहीमा १/१ जनामा संक्रमण पुष्टि भएको छ । यी सबैसहित मुलुकमा कुल संक्रमितको संख्या २ सय १७ पुगेको छ । विभिन्न जिल्लाहरूमा संक्रमण बढेसँगै लकडाउन उल्लंघन गर्दै राजधानी भित्रिनेहरूको संख्या पनि बढेको छ ।

मंगलबार मात्रै पर्सामा ३९, रुपन्देहीमा ९, कपिलबस्तुमा ८ र बारामा १ गरी ५७ जनामा नया संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयको नियमित पत्रकार सम्मेलनम प्रवक्ता विकास देवकोटाले नया संक्रमण देखिएकालाई विभिन्न अस्पतालमा उपचारका लागि लैजाने क्रममा रहेको जानकारी दिनुभएको हो । उहाँका अनुसार सबैको स्वास्थ्य अवस्था सामान्य छ । संक्रमित मध्ये १ सय ५८ जना पुरुष र ३३ जना महिला रहेको मन्त्रालयले जनाएको छ ।
प्रवक्ता देवकोटाले गत २४ घण्टामा २ हजार २ सय ३६ नमुनाको कोरोना परीक्षण गरिएको जानकारी दिनुभयो । अहिले सम्म पिसिआर प्रविधिबाट १८ हजार ९ सय ६४ र आरडिटीबाट ५९ हजार ६ सय २७ वटा नमुना परीक्षण गरिएको छ । काठमाण्डौ उपत्यकामा १ जना र उपत्यका बाहिर २ सय २७ गरि मुलुकभर २ सय २८ जना आईसोलेसनमा उपचाररत छन् । त्यसैगरी १२ हजार ७ सय ८५ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार,मंगलवार सम्म प्रदेश १ मा ९ सय ७४ , प्रदेश २ मा १ हजार ५ सय ३४, बाग्मती प्रदेशमा ९०, गण्डकी प्रदेशमा २ सय ९२, प्रदेश ५ माख ५ हजार ४ सय ४२ जना, कर्णाली प्रदेशमा १ हजार ६ सय ९९ र सुदुरपश्चिम प्रदेशमा २ हजार ७ सय ५४ जना क्वारेन्टाइनमा छन् ।

Spread the love