चलचित्र क्षेत्रमा दैनिक श्रम गर्नेहरुका लागि राहत स्वरुप खाद्य सामग्री उपलब्ध

शहरी विकास राज्यमन्त्री रामविर मानन्धरले चलचित्र क्षेत्रमा दैनिक श्रम गर्नेहरुका लागि राहत स्वरुप खाद्य सामग्री उपलब्ध गराउनु भएको छ । चलचित्र निर्माता संघ र चलचित्र समन्वय एवं प्रवद्र्धन समिति मार्फत चलचित्र क्षेत्रमा दैनिक श्रम गरी जीविकोपार्जन गर्दै आएका व्यक्तिहरुका लागि चामल र दाल सहितको खाद्य सामग्री उपलब्ध गराइएको हो । राज्यमन्त्री मानन्धरको पहलमा चलचित्र क्षेत्रका विभिन्न ८ वटा संगठनहरु मार्फत उक्त राहत सामग्री वितरण गर्न लागिएको चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीले बताउनुभयो

राहत सामग्रीको वितरण आदिवासी जनजाति महासंघमार्फत ४५ बोरा, नृत्य संघमार्फत ४५ बोरा, निर्देशक समाज मार्फत ३० बोरा, ब्लु डाइमण्ड सोसाईटी मार्फत ३० बोरा, चलचित्र प्राविधिक संघ मार्फत ३५ बोरा, चलचित्र द्धन्द्ध कलाकार संघ मार्फत ३५ बोरा, र संगित उत्पादन समाज मार्फत ३५ बोराका दरले हुने अधिकारीले बताउनुभयो ।

Spread the love