कोरोना भाइरस महामारी मुक्त बनाउने विषयलाई पहिलो प्राथमिकतामा

सरकारले देशलाई कोरोना भाइरस महामारी मुक्त बनाउने विषयलाई पहिलो प्राथमिकतामा राखेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक बर्ष २०७७ ७८ का लागि सरकारको नीति तथा कार्यक्रमहरु प्रस्तुत गर्दै सरकारले मुलुकलाई कोरोना माहामारीबाट मुक्त राख्ने विषयलाई पहिलो प्राथमिकतामा राखेको बताउनुभएको हो । त्यसका लागि सरकारले स्वास्थ्य सजगताका व्यवस्थाहरुको पुर्ण पालना गर्ने ÷गराउने , नमुना परीक्षण बढाउनुको साथै औषधी उपकरण र चिकित्सक लगायत स्वास्थ्यकर्मीको पर्याप्त व्यवस्था र परिचालन गरि कसैको पनि ज्यान जाने अवस्था आउन नदिन सरकार दृढतापुर्वक लाग्ने उहाले बताउनुभयो । गुणस्तरीय स्वास्थ्य शिक्षा, खानेपानी तथा सरसफाई सेवामा सबै नेपालीको पहुच हुने गरि व्यवस्था गर्ने, शिक्षा तथा स्वास्थ्य सेवामा सरकारको भूमिकालाई थप प्रवल बनाउदै नीजी क्षेत्रलाई लगानी वृद्धिका लागि उत्पे्रेरित गर्ने कार्यक्रम सरकारले ल्याउने भएको छ ।
सरकारले कोरोनाले राष्ट्रिय जीवनका सबै क्षेत्रमा पारेको प्रभावको अध्ययन गरिरहेको ,आन्तरिक आवागमन र आपुर्ति व्यवस्था सहज गराएको पनि उहाँले बताउनुभयो । उहाँले सरकारले कोभिड १९ पछिको थप रणनीति तर्जुमा गरि रोजगारी , गरिब, किसान तथा विपन्न वर्गलाई लक्षित गरि विशेष कार्यक्रम सञ्चालन गर्ने बताउनुभयो ।

सरकारले प्रकृतिमैत्री स्वच्छ जीवन प्रणालीका लागि रोगप्रतिरोधी क्षमता वृद्धि गर्न निरोधात्मक कार्यक्रम सञ्चालन गर्ने भएको छ । स्वास्थ्य सेवामा प्रतिरोधात्मक र उपचारात्मक विधि अबलम्बन गरिने भएको छ । सरुवा रोग रोकथाम, नियन्त्रण र उपचार एवंम् स्वास्थ्य विपद व्यवस्थापनको तयारी तथा प्रतिकार्य गर्न प्रयोगशाला परीक्षण सेवा सहितको ३ सय शैयाको केन्द्रीय र न्यूनतम ५० शैयाको प्रदेशस्तरीय अत्याधुनिक सुविधा सम्पन्न सरुवारोग अस्पताल स्थापना गरिने भएको छ ।
नीति तथा कार्यक्रममा मुलुकभरका ६ सय ७१ स्थानीय तहका वडाहरुमा पुर्ण खोप सेवा उपलब्ध वडा घोषणा गरिएको तथा आगामी बर्ष सबै स्थानीय तहका वडाहरुमा पुर्ण खोप सेवा पुर्याउने लक्ष्य पनि अघि सारिएको छ । राष्ट्रपति भण्डारीले सबैको एकता र सहयोगले अहिलेसम्म कोरोनाको संक्रमणको जोखिमबाट सबैको जीवनरक्षा गर्न सफल भएको भन्दै आगामी दिनमा अझै बढी सफलता सतर्कता आवश्यक भएकाले सबैलाई एकढिक्का भएर लाग्न आग्रह गर्नुभयो ।

Spread the love