सफा नोट मात्रै प्रयोग गर्नु ,राजाको तस्बिर भएका नोट बजारमा नपठाउनु : राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले पूर्व राजाको तस्बिर भएको नोट पुनः प्रयोगमा रोक लगाएको छ । बैंकले एक परिपत्र जारी गर्दै पूर्व राजाका तस्बिर अंकित नोट निष्काशन तथा पुनः प्रयोगमा नल्याउन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको हो ।

यस्तै बैंकले सफा नोट मात्रै प्रयोगमा ल्याउन पनि निर्देशन दिएको छ। झुत्रिएको, जलेको, मक्किएको, गलेको, लुलो भएको, किराले खाएको, पानीले भिजेको, छपाई बिग्रेको, नोटका अक्षर वा अंक नबुझिने बिग्रिने भएको नोटलाई पनि पुनः प्रयोग गर्न नमिल्ने बैंकले बताएको हो ।

अयोग्य नोटहरुलाई बैंक तथा वित्तीय संस्थाले आफ्नो नोट कोषमा जम्मा गर्नुपर्ने छ ।साथै अब देखि बैंक तथा वित्तीय संस्थाले काउन्टर, एटीएमलगायत मेसिनबाट प्राप्त चलनचल्तीमा पठाउन काउन्टरबाट भुक्तानी गरी दिने नोटलाई तीनभागमा छुट्याउनु पर्नेछ । जसमा एटीएमबाट पठाउने रकमलाई हरियो, काउन्टरबाट पठाउनेलाई सेतो र अयोग्यलाई रातो रंगको क्लिप प्रयोग गर्नुपर्नेछ ।

Spread the love