ह्वात्तै बढ्यो वैदेशिक रोजगाीका जाने नेपाली कामदारको संख्या

वैदेशिक रोजगाीका जाने नेपाली कामदारको संख्या मंसिर महिनामा ह्वात्तै बढेको छ । वैदेशिक रोजगारी विभागका अनुसार मंसिर २०८१ मा ८४ हजार २ सय २६ जनाले श्रम स्वीकृति लिएका छन् । यो चालु आर्थिक वर्ष २०८१÷८२ को ५ महिनामा सबैभन्दा बढी नेपाली विदेशिएको महिना हो । जसमध्ये ८ हजार ६ सय ७१ महिला छन् ।
यस वर्ष मंसिरमा मात्र यूएईमा २४ हजार ७ सय ६९ जनाले नयँ तथा पुनः श्रम स्वीकृति लिएका छन् । जसमा २ हजार ८ सय ८२ महिला छन् ।
दोस्रो आकर्षण गन्तव्यका रुपमा साउदी अरब देखिएको छ । साउदी अरबमा १८ हजार १ सय १५ जनाले श्रम स्वीकृति लिएका छन् । जसमा ७५ जना महिला छन् । कतारमा १४ हजार ८ सय ४४ जनाले श्रम स्वीकृति लिएका छन् ।
मलेसियाको रोजगारी भने निरन्तर ओरालो लागेको देखिन्छ । मलेसियामा मंसिरमा मात्र ४ हजार ४ सय ६९ जनाले श्रम स्वीकृति लिएका छन् । मंसिरमा विदेशिनेमध्ये सिरहाका ३ हजार २ सय ९३ जना छन् । सबैभन्दा धेरै धनुषाका ४ हजार ३ सय ७३ जना विदेशिएको तथ्यांक छ ।

Spread the love