नेपाल वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचन फागुन २ गते हुने

नेपाल वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचन फागुन २ गते हुने भएको छ। संघको नियमित अधिवेशनबाट कार्यसमितिको निर्वाचन हुन लागेको संघका महासचिव मेघनाथ भुर्तेलले बताए ।नेपाल वैदेशिक रोजगार व्यवसायी संघको विधानमा प्रत्येक दुई वर्षमा कार्य समितिको निर्वाचन हुने व्यवस्था छ ।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघले वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउने,व्यवसायीहरूको हकहितमा आवाज उठाउने, पेशालाई मर्यादित र विश्वासिलो बनाउने लगायतका कार्यहरू गर्दै आएको छ।
फागुन २ गतेहुने निर्वाचनको लागि मुख्यतःप्रगतिशील समूह, लोकतान्त्रिक समूह, गणतान्त्रिक समूहले आआफ्नो प्यानलको तयारी गर्दैै गरेको एक मेनपावर व्यवसायीले बताए ।

 

Spread the love