प्रधानमन्त्रीसँग इजरायलका राजदूतको शिष्टाचार भेट

काठमाडौं। प्रधानमन्त्री केपीशर्मा ओलीसँग नेपालका लागि इजरायलका राजदूत स्मुलिक ए बासले शुक्रबार शिष्टाचार भेट गरेका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको भेटमा दुुई पक्षीय सम्बन्ध र हितका विविध विषयहरु सूचना प्रविधि, लगानी, पर्यटन, रोजगारी, कृषिमा आधुनिकीकरण, शिक्षा र संस्कृति आदिमा हुँदै आएको सहयोग आदान प्रदान लाई अभिवृद्धि गर्ने विषयमा छलफल भएको छ ।
भेटका अवसरमा राष्ट्रिय सभाका सदस्य एवं इजरायलका लागि पूर्व नेपाली राजदूत डा.अञ्जान शाक्य र परराष्ट्र मन्त्रालयका उच्च अधिकारीको सहभागिता थियो ।

Spread the love