नेपाल उद्योग परिसंघको १७ औं वार्षिक साधारण सभा सम्पन्न

नेपाल उद्योग परिसंघको १७ औ वार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न भएको छ । भर्चुअल माध्यमबाट आयोजना गरिएको उक्त कार्यक्रमको प्रमुख आतिथ्यता प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए । कार्यक्रममा विशेष अतिथिकोरुपमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादव र अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडा रहेका थिए ।

प्रधामन्त्रीले कार्यक्रममा बोल्दै निजी क्षेत्रलाई अख्तियारको दायरामा ल्याउन संसदमा प्रस्ताव गरिएको विधेयकलाई नबढाइयोस भन्ने परिसंघ लगायत निजी क्षेत्रको अनुरोधलाई सरकारले अघि नबढाउने विश्वास दिलाउनु भयो । परिसंघले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा प्रभाव विस्तार गरेको भन्दै प्रशंसा समेत गर्नुभयो ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले सरकारी रुग्ण उद्योगलाई सञ्चालनको लागि पीपीपी मोडलबाट अगाडी बढ्ने धारणा व्यक्त गर्नु भयो । यसकोलागि प्रभावकारी नीतिको अवलम्बन गरी समय सापेक्ष कानून परिमार्जन वा संशोधन गर्ने धारणा व्यक्त गर्नु भयो । संकटको समयमा पनि निजी क्षेत्रले बजार मूल्य नियन्त्रण गर्न मद्दत गरेकोमा मन्त्री भट्टले प्रशंसा गर्नुभयो ।

कार्यक्रममा अर्थमन्त्री डा. खतिवडाले अन्तर्राष्ट्रिय व्यापार लकडाउन खुकुलो भएसँगै २० बाट ८० पुगेको वताउनु भयो । त्यसैगरी लकडाउनको अवधिमा पनि विप्रेषण आप्रवाह सन्तोषजनक रहेको वताउनु भयो । मन्त्री खतिवडाले ब्याज र ऋणको विषयमा मौद्रिक नीतिमा सम्बोधन हुने वताउदै निर्यातमा अनुदान दिने कुरामा सम्बन्धित मन्त्रालयले काम गरिरहेको जानकारी गराउनु भयो । बैंक तथा वित्तीय संस्थामा पर्याप्त तरलता रहेको र लगानीको अवस्था सन्तोषजनक रहेको वताउँदै उद्योग–व्यवसायको रिकभरीमा निजी क्षेत्रको साथ रहनु पर्ने धारणा व्यक्त गर्नु भयो ।
परिसंघका अध्यक्ष सतिशकुमार मोरले परिसंघले इकोनोमिक सर्भाइभल र रिकभरि आजको एजेण्डा रहेको वताउदै अर्थव्यवस्थालाई जोगाई राख्न र पुनरुत्थान गर्न सरकारबाट पहल गर्नु पर्ने बताउनु भयो

त्यसैगरी परिसंघका निवर्तमान अध्यक्ष हरि भक्त शर्माले बन्दसत्रलाई सम्बोधन गर्दै रोजगारी सृजना र अर्थतन्त्रलाई चलायमान बनाउन थप पहलहरु गर्नुपर्ने धारणा राख्नु भएको थियो ।

Spread the love