स्थायी समितिका एजेण्डासँग संसद कारवाहीले मेल नखाने भूमिमन्त्रीको भनाइ

भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले स्थायी समितिका एजेण्डासँग संसद कारवाहीले मेल नखाने बताउनुभएको छ । सत्तारुढ दल नेकपाको स्थायी समिति बैठकका एजेण्डा र संसद अधिवेशनको कुराहरु नितान्त फरक भएको उहाँले बताउनुभयो । संसद कहिले सुरु गर्ने, कहिले अन्त्य गर्ने, संसदलाई के विजनेश दिने भन्ने कुरा सरकारको भएकाले नेकपाको स्थायी समितिका एजेण्डासँग कुनै पनि हालतमा मेल नखाने बताउनुभयो । बजेट ल्याउनका लागि मात्रै सरकारले संकटको बेला संसद अधिवेशन सुरु गरेको उल्लेख गर्दै उहाँले अहिले छलफलका कुनै एजेण्डा र विजनेश नभएकाले बन्द भएको बताउनुभयो ।

९८ औं अन्तर्राष्ट्रिय सहकारी दिवसका अवशरमा आयोजित एक कार्यक्रममा मन्त्री अर्यालले पछिल्ला घटनाक्रमहरुले विकास निर्माणका काममा अवरोध पु¥याएको पनि बताउनुभयो । सरकारले व्यवसायीहरुमाथिको जोखिम न्यूनिकरणका लागि काम गरिरहेको भएपनि अहिले परिस्थितिले जोखिम सिर्जना गरेको उहाँको भनाई छ । विकास निर्माणका क्षेत्रमा सरकारले गरेका कामहरुको परिणाम देखिने समयमा अहिलेको परिस्थितिले डिस्र्टब गरेको उहाँको भनाई छ ।

राजनीतिक दलहरुभित्र बहस, छलफल, आलोचना र आत्मालोचना हुने भएपनि अशिष्ट ढंगले भयो भने त्यसले नकारात्मक परिणाम ल्याउने उहाँले बताउनुभयो । पार्टीभित्र नेताहरु छलफल गर्ने, भनाभन हुने भएपनि संवादबाट नै सहमतिमा पुग्ने विश्वास उहाँले व्यक्त गर्नुभयो । उहाँले कसैको आलोचना गर्दा कागज पोलेर खरानी हुनेगरी गर्न नहुने जिकिर गर्नुभयो ।

Comment here