युवा तथा खेलकुद पत्रकारिता पुरस्कारबाट ६ जना पत्रकारहरु सम्मानित

युवा तथा खेलकुद पत्रकारिता पुरस्कारबाट ६ जना पत्रकारहरु सम्मानित भएका छन् । युवा तथा खेलकुद मन्त्रालयले पत्रकारिताको माध्यमबाट युवा र खेलकुदको विकासको क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै ६ जनालाई सम्मान गरेको हो । मन्त्रालयमा आयोजना भएको एक कार्यक्रममा खगेन्द्र अधिकारी, गीता चिमोरिया, रत्ना कुमारी चौधरी, शुष्मा बराली, निरज न्यौपाने र गंगा खड्कालाई सम्मान गरेको हो । उनीहरुलाई जनही ५० हजार नगदसहित सम्मान गरिएको हो ।

खेल क्षेत्रको विकास, विस्तारका पत्रकारिताको माध्यमबाट योगदान पु¥याए बाफत सम्मान गरिएको मन्त्री जगत विश्वकर्माले बताउनुभयो । खेल क्षेत्रमा देखिएका समस्यालाई सम्बन्धित निकायसम्म पु¥याएर सरोकारवालाहरुको ध्यानाकर्षण गर्न र युवा क्षेत्रका समस्या उजागरका लागि पत्रकारिताको माध्यमबाट ठूलो योगदान पु¥याएको उहाँले बताउनुभयो । मन्त्रालयले आज नै एण्टी डोपिङ मोबाइल एप्स पनि सार्वजनिक गरेको छ ।

नेपाली खेलकुद क्षेत्रको इतिहास र अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाली खेलाडीहरुले प्राप्त गरेका उपलब्धिहरुलाई प्रविधिको माध्यमबाट सो एपले सहयोग गर्ने मन्त्री विश्वकर्माले बताउनुभयो । नेपालमा आयोजना भएका अहिलेसम्मका खेलकुद गतिविध तथा नेपाली खेलाडीहरुले प्राप्त गरेका उपलब्धीहरुको अभिलेखिकरण नभएकाले त्यसलाई व्यवस्थित गर्न डिजिटल माध्यमको खाँचो भएको उहाँले बताउनुभयो ।

Spread the love