नेपाल वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचन स्थगितको विरोधमा हस्ताक्षर संकलन

 

काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचन स्थगितको विरोधमा हस्ताक्षर संकलन सुरु भएको छ ।
गणतान्त्रिक वैदेशिक रोजगार व्यवसायीमञ्चले सोमबार धुम्बाराहीबाट नेकपा (माओवादी केन्द्र)का सांसद राजन दाहालको उपस्थितिमा हस्ताक्षर संकलन सुरु गरेको छ । हस्ताक्षर संकलनकार्यमा वैदेशिक रोजगार व्यवसायीले पूर्वनिर्धारित मितिमा नै कार्यसमितिको निर्वाचन गर्न माग गर्दै हस्ताक्षर गरेका थिए । निर्वाचन स्थगितको विरोध साथै आगामी फागुन २ गते नै निर्वाचन गर्न माग गर्दै दबाबका लागि हस्ताक्षर अभियान सुरु भएको गणतान्त्रिक वैदेशिक रोजगार व्यवसायी मञ्चले जनाएको छ ।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघले निर्वाचन सार्ने निर्णय गरेपछि एकीकृत वैदेशिक रोजगार व्यवसायी संघ,लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसन, वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्च, र तराई वैदेशिक रोजगार व्यवसायी समाजले छुट्टाछुट्टै विज्ञप्ति प्रकासित गरी निर्वाचन तोकिएको समयमै गर्नमाग गरेका थिए ।

Spread the love