नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार ५ सय ३१ पुग्यो

बिहीबार नेपालमा १ सय ८ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबारसम्म नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार ५ सय ३१ पुगेको छ । बिहीबार डिस्चार्ज १ सय ३९ भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताउनुभयो आजसम्म ७ हजार ८ सय ९१ जना संक्रमित कोरोना निको भएर घर फर्किएका छन् ।

बिहीबार पीसीआर विधिबाट ४ हजार ५ सय ८८ जनाको कोरोना परीक्षण भएको छ । यो समेत गरी आजसम्म २ लाख ७१ हजार १ सय ४५ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण भएको छ । अहिले देशभरीका आइसोलेसनमा ८ हजार ६ सय ५ जना रहेका छन् । जसमा प्रदेश नम्बर १ मा १ सय ९६, प्रदेश नम्बर २ मा २ हजार २४, बागमती प्रदेशमा ४ सय २९ र गण्डकी प्रदेशमा ८ सय ६२ जना संक्रमित उपचाररत रहेका छन् । यस्तै प्रदेश नम्बर ५ मा १ हजार ७ सय २७, कर्णाली प्रदेशमा ४ सय ५ र सुदूरपश्चिम प्रदेशमा २ हजार ९ सय ६२ जना संक्रमित आइसोलेसनमा उपचाररत रहेका छन् । देशभरीका क्वारेन्टिनमा बिहीबार २४ हजार ४ सय २५ जना रहेका छन् ।

Spread the love