काठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पाँचौं संस्करणको राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन २०८१ आउने फागुन २६ र २७मा गर्दैछ । कुराकानीमा मन्त्रालयका प्रवक्ता डन्डुराज घिमिरेले चार वटामुख्य उद्देश्य राखेर श्रम तथा रोजगार सम्मेलन आयोजना गर्न लागेको जानकारी दिए । उनले उत्पादन र उद्यम शिलताको विस्तार सहित दिगो र भरपर्दो रोजगारीको अवस्था सृजना गर्ने सम्मेलनको मूल लक्ष्य रहेको पनि बताए ।
उनले सम्मेलनको पाँचौं संकरणमा आइपुग्दा रोजगारदाता, श्रमिकको कल्याण, सामाजिक न्याय, ट्रेड युनियन अधिकारका कुराहरुलाई अगाडि बढाएको दाबी गरे । पहिलेको भन्दा सम्मेलन पृथक ढंगले रोजगारीको बजारलाई फराकिलो ढंगले सोच्ने बेला आइसकेको छ भन्ने मशहुस गरेको पनि बताए ।
प्रवक्ताघिमिरेले सम्मेलनमाकरिब पाँच सय मानिसको सहभागिता रहने जानकारी गराए ।
सामाजिक सुरक्षा कोषमादर्ता हुने प्रक्रिया वृद्धिभइरहेको भन्दै कोषको अवस्था एकदमै राम्रो रहेको उनको दाबी छ ।
पाँच वर्षमा सामाजिक सुरक्षा योजनामा २० हजार १९० प्रतिष्ठानमा काम गर्ने ५ लाख ६५ हजार श्रमिक सहभागीतालाई सामान्य मान्न नमिल्ने उनको भनाई छ ।