लोकतान्त्रिक र गणतान्त्रिकको संयुक्त प्यानल घोषणा

 

काठमाडौं :  नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आसन्न निर्वाचन (चैत्र२९)का लागि नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसन र गणतान्त्रिक वैदेशिक रोजगार व्यवसायी मञ्चले संयुक्त प्यानल घोषणा गरेका छन् । यस सँगै सत्ताधारी गठबन्धनका सुभेच्छुक संस्थाहरुवीच तामेलको सम्भावना अन्त्य भएको छ । आइतबार काठमाडौँमा आयोजित एक कार्यक्रममा एसोसिएसनका भुवनसिंह गुरुङ अध्यक्ष र गणतान्त्रिक मञ्चका कुन्साङ दोर्जे सचिव रहने गरी संयुक्त प्यानल घोषणा गरिएिको हो । अन्य पदाधिकारी तथा सदस्यहरुसहमतिका आधारमा तय गरिएको छ ।
घोषित संयुक्त प्यानलको नामावली यस प्रकार छः
अध्यक्षःभुवनसिंह गुरुङ, (गुरुङ म्यानेजमेन्ट प्रा. लि.)संघका पूर्व द्वितीयउपाध्यक्ष
प्रथम उपाध्यक्षःनरेन्द्रप्रसाद ढकाल (नोकरी नेपालप्रा. लि.)
द्वितीय उपाध्यक्षःदेवकुमार खोखाली, (अलर्ट ओभरसिज प्रा. लि.)
तृतीय उपाध्यक्षः हर्कबहादुर लिम्बू (इम्प्लोइमेन्ट क्रिएसन सर्भिस प्रा. लि.)
महासचिवःमहेश कुमार बस्नेत (ग्लोबल राइजिङ प्लेसमेन्ट प्रा. लि.)
सचिवःकुन्छा दोर्जे डिङ्दोङ,(आकृति रिक्रुटिङ प्रा. लि.)गणतान्त्रिक मञ्चका महासचिव
कोषाध्यक्षःविक्रम श्रेष्ठ, वर्तमान कार्यसमिति सदस्य(शुभहारती म्यानपावर प्रा. लि)
कार्यसमिति सदस्यहरुः
विद्यालक्ष्मी बज्राचार्य (इम्पेरियल ओभरसिजप्रा. लि.)
देवीप्रसाद गिरी(हिमालयन भ्याली नेपाल प्रा. लि.)
दीपक कुमार रायंब्रदर इन्टरनेसनल इम्प्लोइमेन्ट प्रा. लि.)
सुवर्ण लामा(रसुवा ओभरसिज प्रा. लि.)
सुमन राज पाण्डे (सेक्युर नेपाल जब प्रा. लि.)
गीता राउत(ग्लोबल एचआर हब प्रा. लि.)
तिलरूपा दाहाल(युनिक ओभरसिज प्रा. लि.)
भरत सापकोटा (एच. आर. सोलुसन प्रा. लि.)
रेखाशर्मा (रिजा ओभरसिजप्रा. लि.की)
कृष्ण ढकाल(इगल म्यानपावर कन्सल्टेन्ट प्रा. लि.).

 

 

Spread the love