ललितपुर ।गृहमन्त्री रमेश लेखकले प्रकृतिलाई बिगारेर आफैँ जोखिम निम्त्याउन नहुनेमा जोड दिएका छन् ।
शुक्रबार ललितपुर महानगरपालिकाद्वारा आयोजित ‘ललितपुर मेट्रोपोलिटियन सिटी रेजिलियन्स फेयर’लाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले विगतमा भोगेको विपद् र तिनले पु¥याएको जनधनको क्षतिका साथै पु¥याएको पीडा स्मरण गर्न कार्यक्रम भएको बताउँदै आगामी दिनमा भूकम्प लगायतका विपद्बाट हुने जोखिमन्यूनीकरण गर्न ध्यानपूर्वक काम गर्नुपर्नेमा जोड दिए ।
गृहमन्त्री लेखकले विपद् पछिको पुनःनिर्माण, खोज, उद्धार र राहतका कार्यमा ललितपुर महानगरले अनुकरणीय काम गरेको छ भन्दै प्रशंसा गरे ।
गृहमन्त्री लेखकले विपद्मा सञ्चार माध्यमको भूमिका महत्वपूर्ण रहेको भन्दै प्रशंसा गरे । यस्तै, ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले नेपालमा दुई सय ९३ बाट स्थानीय नगरपालिकामध्ये विपद् व्यवस्थापनमा ललितपुर महानगर अब्बल छ भन्ने दाबी गरेका छन् ।