इलेक्ट्रिक र पेट्रोल सवारी साधन वीच प्रतिस्पर्धा

पछिल्लो समय अटो बजारमा इलेक्ट्रिक भेहिकल (ईभी) को प्रयोग उल्लेख्य मात्रामा भएको छ । सरकारले पनि ईभी खरिदमा भन्सार महसुलमा केही सहुलियत दिएर ग्राहकहरुलाई प्रोत्साहन गरेको छ । तर गत फागुनमा नेपाल राष्ट्र बैंकले ईभी र पेट्रोल गाडी खरिदमा अटो लोनमा एउटै दर कायम गरेपछि सरकारले ईभी लाई महत्व नदिएको हो की भन्ने केही जिज्ञासा उत्पन्न भएको सरोकारवालाहरुको भनाई छ । विश्व बजारमा ईभी र पेट्रोल गाडीका वीच समय समयमा उतारचढाब भएको देखिन्छ । हेरौँ ईभी को इतिहासः
इलेक्ट्रिक भेहिकल ईभी भनेको यस्तो प्रकारको सवारी साधन हो जुन इलेक्ट्रिक मोटरको प्रयोग गरेर सञ्चालन हुन्छ । जसले एक वा एकभन्दा बढी जुन प्रायः ब्याट्रीमा सङ्ग्रह गरिएको विद्युतबाट चल्छ ईभी परम्परागत इन्जिन सवारी साधनहरू भन्दा फरक हुन्छ । ईभी हरूले निकासमा शून्य प्रदूषण उत्पन्न गर्छन् र सामान्यतः कम आवाजमा चल्ने तथा ऊर्जामा दक्ष हुन्छन्। यिनीहरूलाई घरको चार्जर वा सार्वजनिक चार्जिङ स्टेशनमा जोडेर पुनः चार्ज गर्न सकिन्छ । ईभी हरूले हरितगृह ग्यास उत्सर्जन घटाउन र जीवाश्म इन्धनमा निर्भरता कम गर्न महत्वपूर्ण भूमिका खेल्छन्, जसले गर्दा यिनीहरू दिगो यातायात रणनीतिहरूको एउटा प्रमुख अङ्ग बनेका छन्।

इलेक्ट्रिक सवारीसाधनको इतिहासः एक संक्षिप्त झलक
सन् १८२८–१८३५ मा हंगेरी,नेदरल्याण्ड र अमेरिकाका आविष्कारकहरूले सानो स्तरका विद्युतीय मोटर र प्रारम्भिक विद्युतीय सवारीसाधन बनाए । १८७० सम्म परीक्षणहरू जारी रहे तर ब्याट्री पर्याप्त सक्षम नभएका कारण प्रयोग पूर्णत सफल हुन सकेन । १८९१ मा अमेरिकाका विलियम मोरिसनले ६ जना अटाउने विद्युतीय गाडी बनाए । जसलाई पहिलो व्यावहारिक ईभी मानिएको छ।
१८९० देखि १९०० को दशकमा पश्चिमा शहरहरूमा सफा, शान्त र सजिलो सञ्चालनको कारण भ्ख् लोकप्रिय भए ।अमेरिकामा झन्डै २८% विद्युतीय गाडीहरू प्रयोग भए । सन् १९०८ मा फोर्डको उत्पादनले पेट्रोल गाडी सस्तो र सहज भयो । लामो दूरीको यात्रा पेट्रोल गाडीसहजभएकोले ईभी को आकर्षण घट्यो । क्रमशः ईभी को अवनति सुरु भयो। १९५० सम्ममा पेट्रोल गाडीहरूले ईभी को बजार कब्जा गरे। त्यही समयदेखि ईभी र पेट्रोल गाडीको बजारले उतार चढाब आलोपालो गर्दै आएको हो ।
हामी ईभी को बारेमा श्रृंदलाबद्ध रुपमा जानकारी दिने छौँ । हेर्दै गर्नुहोला ।

 

Spread the love